जुन ५ अर्थात विश्व वातावरण दिवस
काठमाडौं जेठ २३ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनमा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन भन्ने नाराका साथ नेपालमा ४४ औं विश्व वातावरण दिवस विभन्न कार्यक्रमका साथ मनाइदैं छ । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी ओली लगायत दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
World Environment Day