News

भारतको एपोलो अस्पताल नै मिर्गौला तस्करीमा

भारतको एपोलो अस्पताल नै मिर्गौला तस्करीमा

Kidny जेठ २३ भारतीय प्रहरीले त्यहाँको एक मुख्य अस्पतालमा मानिसको मिर्गौलाको गैरकानूनी ओसारपसार हुने गरेको खुलासा गरेको छ । दिल्लीको चर्चित एपोलो अस्पतालमा मिर्गौला तस्करी हुने गरेको त्यहाँको प्रहरीले खुलासा गरेको हो । मिर्गौला तस्करमा संलग्न पाँच जनालााई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना एपोलो अस्पतालका कर्मचारी रहेका छन् ।

अनिहरुले ७ हजार ५०० डलरमा अस्पतालभित्रै मिर्गौला किनबेच गरेको खुालास गरेका छन् । यस कार्यमा तस्करदेखि अस्पतालका कर्मचारी र चिकित्सक नै संलग्न रहने गरेको उनिहरुले बताएका छन् । शंकास्पद समूहले केही मानिसको मिर्गौला झिक्न उनीहरुको स्वीकृति लिएका कागज अस्पताल र चिकित्कसलाई बुझाउनुपर्छ । यस पक्रियामा पीडितलाई आफ्नो नातेदार वा बिरामीको मानिस भन्न लगाएर अस्पताललाई ठग्ने गरेका छन् । यी घटनामा केही चिकित्सकको पनि संलग्नता रहेको बताइन्छ ।

मर्गौला तस्करी गम्भीर चासोको विषय भएको भन्दै एपोलो अस्पतालले दोषीलाई कारबाही गर्न प्रहरीलाई पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ । बिरामी र अस्पतालालाई ठगी गर्न भएका सुनियोजित षडयन्त्रको शिकार एपोलो अस्पताल बनेको छ, अस्पतालका प्रवत्ताले भने । ‘घटनामा संलग्न दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्छौ ।

यस कार्यमा अस्पतालले प्रहरीलाई पूर्ण रुपमा सहयोग गर्नेछ, प्रत्यारोपण गर्न मिर्गौलाको अभावले भारतभर मिर्गौलाको कालो बजारी हुने गरेको छ । तस्करहरुले गाउका सोझा मानिसलाई झुक्काएर अस्पताललाई मिर्गौला दान गरेको कागज देखाई ठूलो मात्रमा रकम असुली गर्छन् ।

Apolo hospital hospital

विशेष