कभर स्टोरी News

एमालेको हाइटेक दाबी–जसको सिंङ छैन, उसैको नाम तिखे !

एमालेको हाइटेक दाबी–जसको सिंङ छैन, उसैको नाम तिखे !
UMl भुकम्पका कारण बल्खुस्थित नेकपा एमालेको कार्यालय बस्न योग्य रहेन । एमालेले अस्थायी केन्द्रीय कार्यालयको खोजी गर्यो । पासाङ ल्यामु पर्वतारोहण प्रतिष्ठानको धुम्बाराहीस्थित कार्यालय महिनाको डेड लाख भाडा तिर्ने गरी लिइयो । साउनमा एमालेले बसाइ सर्यो । भाडाको घरमा लाखौं खर्च गरी एमालेले कार्यालय संरचना बनाएको थियो । नयां कार्यालय उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले भने– एमाले अब हाइटेक भयो । अन्य नेताले थपे–एमाले पहिलो डिजिटल पार्टी हो । वाइफाइयुक्त कार्यालय हो । समाचारपनि त्यस्तै गरी बने । तर, एमालेले आफुलाई हाइटेक भनि गरेको दाबी जुन गोरुको सिंङ छैन उसैको नाम तिखे भनेजस्तो सावित भएको छ । एमालेको आधिकारीक वेभसाइटको स्थिति लाजमर्नुको छ । विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेपछिका कुनैपनि सन्र्दभ वेभसाइटमा अद्यावधिक गरिएको छैन । विद्या भण्डारी राष्ट्रपति भएपछि उनको नाम र तस्विर उपाध्यक्षबाट भने हटाइएको छ । त्योपनि विगतमा समाचारआएपछि हटाइएको थियो । एमालेको नयाँ अपडेटमा २०७२ कार्तिक ९ गते लेखिएको पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाउने निर्णयको प्रेस विज्ञप्ति नै पछिल्लो र अन्तिम अपडेट हो । 13393253_1009787412410441_344592492_n चौविसै घण्टा इन्टरनेट, वाइफाइको सुविधा रहेको दाबी गरिएपनि सो दाबी फिक्का हुने स्थिति छ । वाइफाइको प्रयोग नेता कार्यकर्ताले फेसबुक चलाउनका लागि मात्रै प्रयोग गर्ने गरेको बताइन्छ । कार्यालय सचिवको शैली Krishna Gopal एमालेको कार्यालय सचिव हुन् कृष्णगोपाल श्रेष्ठ । उनी फेसबुकमै व्यस्त रहन्छ । शनिबार एमालेको स्थायी कमिटिको बैठक बसेको थियो । बैठक शुरु नहुंदै उनले नेताहरुको फोटो खिचेर आफ्नो निजी फेसबुकमा हाल्न भ्याइसकेका थिए । तर, उनी कार्यालयको वेभसाइट अद्यावधिक गर्न ध्यान दिदैनन् । उनले वेवसाइट अपडेट गर्ने जिम्मेवारी प्रचार विभाग प्रमुख योगेश भट्टराईको भएको जनाए । उनले भने, 'यस्तो गुनासो धेरै आएको छ । तपाईले फेरी सम्झाइदिनुभयो । धन्यवाद । वंहालाई अपडेट गर्नुभन्दा पनि गर्नुहुन्न । आज फेरी भन्छु ।' पार्टी सचिव एंव प्रचार विभाग प्रमुख योगेश भट्टराईसंग यसबारेमा बुझन् पटकपटक फोन गर्दापनि फोन उठेन । प्रचार विभाग प्रमुखको आफ्नै प्रयोग Yogesh एमालेको प्रचार विभाग प्रमुख हुन् सचिव योगेश भट्टराई । उनीपनि फेसबुकमै रमाउने गर्दछन् । कम्युनिष्ट पार्टीमा पार्टीका आधिकारीक जानकारी सबैभन्दा पहिले आधिकारीक हिसावले दिनुपर्ने मान्यता राखिन्छ । तर, हातहातमा मोबाइल छन्, नेताका फेसबुक नै कार्यालयजस्ता देखिन्छन् । अध्यक्ष ओली बोलीका मात्र ! KP अध्यक्ष केपी ओलीकै शब्द सापट लिने हो भने एमाले एक बर्ष अघि नै हाइटेक अर्थात अध्याधुनिक प्रविधियुक्त भइसकेको हो । तर, ओलीको बोली पत्याउन गाह्रै हुन्छ । जानी नजानी ओलीले व्यक्तिगत वेभसाइट तयार गरेका थिए । केही फोटा हाल्ने रहर शुरुमा देखियो । त्यसपछि, उनको व्यक्तिगत वेभसाइट अपडेट भएकै छैन । उनी अध्यक्ष भएपछि एमालेको आधिकारिक वेभसाइट अद्यावधिक हुन छाडेको थियो । पार्टीको नवौं महाधिवेशनसम्म वेभसाइट जेनतेन चलिराखेको एमालेजन बताउंछन् । विवादमा कार्यालय Kripa पासाङ ल्यामु पर्वतारोहण प्रतिष्ठानको कार्यालय कृपाशुर शेर्पाको तजबिजमा चल्दछ । एमालेको तर्फबाट भोजपुरबाट प्रत्यक्ष निर्वाचित सांसद शेर्पा विवादस्पद् व्यक्ति हुन् । अवैध सम्बन्ध राखी छोरा जन्माएको तथा छोरा र श्रीमती स्विकार नगरेको प्रसंग उनी मन्त्री भएपछि जोडतोडले सार्वजनिक भएको थियो । चौतर्फी विवाद भएपछि उनले एक टेलिभिजन अन्र्तवार्ताका क्रममा श्रीमती र छोरा स्विकार गरेका थिए । शेर्पा र महासचिव ईश्वर पोखरेलको सेटिङमा कार्यालय धुम्बाराही सारिएको भनि एमालेवृत्तमा चर्चा छ । कार्यालय सो स्थानमा सारिएपछि तत्कालिन उपाध्यक्ष विद्या भण्डारी असन्तुष्ट भएकी थिइन् । धुम्बाराही कार्यालयमा पस्दैनपसी उनी राष्ट्रपति निर्वाचित भएकी हुन् । मदनको नामसंग जोडिएको मदननगरस्थित कार्यालयमै अस्थायी कार्यालय संचालन गर्ने भण्डारीको प्रस्ताव थियो । अस्थायीरुपमा कार्यालय संचालन गर्ने र रातारात नयां कार्यालय बनाउने भण्डारीको प्रस्ताव पारित भएन । आफ्ना जीबनसाथी स्वर्गिय मदन भण्डारीको शालिक रहेको ठाऊंबाट कार्यालय विवादास्पद् ठाऊंमा सारिएपछि भण्डारी कहिल्यैपनि नयां कार्यालयमा नगएको प्रसंग एमालेवृत्तमा अहिलेपनि चर्चा भइरहन्छ ।

UML

विशेष