अर्थ बैंकिङ News

सरकारद्धारा ३४ करोड बराबरको बचतपत्र निष्काशन

सरकारद्धारा ३४ करोड बराबरको बचतपत्र निष्काशन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले आइतबारदेखि झन्डै ३४ करोड रुपैयां बराबरको बचतपत्र निष्काशन गरेको छ । वार्षिक ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयां बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्तिको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले असार २४ गतेसम्म किन्न पाउनेछन् । मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले किन्न पाउने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र गरिएको लगानीको सावां २०७८ मा फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । तर, व्याज भने हरेक ६ महिनामा भुक्तानी गरिनेछ । बचतपत्र खरिदकर्ताले आफुले चाहेको समयमा यो बचतपत्र बिक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

Nepal Rasta Bank Roajagar

विशेष