News

संगितकार गुरुङको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

संगितकार गुरुङको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

PM काठमाडौं जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संगीतकार अम्बर गुरूङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा पुगेर गुरूङको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् उनी संगै रक्षा मन्त्री भीम रावल पनि अस्पताल पुगेका थिए । यसअघि सूचना तथा सञ्चारमन्त्री शेरधन राई पनि गुरूङको स्वास्थ्य अवस्था बुझ्न ग्रान्डी अस्पताल गएका थिए । भने नेपाली कांग्रेसका नेताहरुले पनि राइको अवस्था बुझ्न अस्तालमा गएका थिए ।

भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ सोही अस्पतालमा उपचार गराइरहेका छन् । सघन उपचार कक्षमा राखिएका गुरुङको स्वास्थ्य स्थिर रहेको बताइएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गुरुङ केही वर्षदेखि अस्वस्थ्य छन् ।

aambar gurung grande hospital KP Oli PM Nepal

विशेष