बैंक नहुदाँ स्थानीयलाई समस्या
पुष्पा बुढाथाेकी
सल्यान २३ जेठ सल्यानको पश्चिीमी क्षेत्र सल्लीवजारमा बैंक नहुँदा स्थानीयलाई समस्या परेको छ । जिल्लाको सबै भन्दा ठुलो व्यापारिक केन्द्र तथा आर्थिक कारोबारको प्रमुख क्षेत्र सल्लीबजारमा बैँक नहुदा स्थानीयलाई समस्या परेको हाे ।
एउटा निजी बैक र २ वटा आईएमी सेन्टरले सामान्य सेवा दिए पनि समास्या सामाधान हुन नसकेकाे स्थानीयरहरुकाे ब्यापक जनगुनाँसाे छ। भएकाे बैँक र अाइएमइ ले समयमा र भरपर्दाे सेवा दिन नसक्दा नागरिकलाई झनै दुख दिएको स्थानियबासीहरु बताउछन ।
नजिक अरु सरकारी तथा प्राईवेट बैंक नहुदा ती आईएमीले समयमा पठाएको पैसा भुक्तानी हुन नपाउँदा नागरिक मारमा परेका हुन् ।बैक नहुदाँ आईएमी सेन्टरले कारोबारको लागि नगद पैसा नेपालगञ्जबाट ल्याउनु पर्ने बाध्यता रहेको छ ।
आईएमईमा आर्थिक कारोबारको लागि सधै पैसा बोकि रहँदा असुरक्षित भएको आई एमी सञ्चालक विर वहादुर नेपालीले वताँउछन।नेपालीका अनुसार यस क्षेत्रमा बैक नहुदाँ आई एमई सञ्चालन गर्न ग्राहो भएको र सधै टाढा टाढाबाट रकम बोकेर सेवा दिनु परेकोले समास्या परेकाे बताउँछन। नजिक बैक नहुदाँ यहाँका सरकारी तथा ग्रैर सरकारी कार्यलयहरु समेत मर्कामा परेकाे उनकाे भनाइ छ।
द्धन्द्धकालीन समयमा यस क्षेत्रमा सेवा दिदै आएको कृर्षि विकास बैंक तट्त्कालीन नेकपा माओबादिले जलाएर ध्वस्त वनाए पछि उक्त बैंक अझै पुनस्थापना हुन सकेको छैन ।असुरक्षाको कारण देखाउँदै यस क्षेत्रमा आझैसम्म कुनै पनि बैंकले शाखा ल्याउन मानिरहेका छैनन् ।
sallibazar bank nahuda