यस्ता छन जारी एमाले स्थायी समिति बैठकका निर्णयहरु
काठमाडौँ २३ जेठ आइतबार बसेको एमालेको स्थायी समिति बैठकले तीन वटा निर्णय गरेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठक जारी रहेकाे सचिब याेगेश भटराइले जानकारी दिएका छन । बैठक भोलि दिउसो तीन बजे पुनः बस्ने छ ।।।
यस्ता छन अाजका निर्णयहरु
१) प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको अघिल्लो दिनको बैठकमा भारतका बारेमा बोलेको भनि आएका समाचारको खण्डन ।
२) बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वाश्थ्यलाभको कामना ।
३) बाताबरण मन्त्री विश्वेन्द्र पासवानको स्वाश्थ्यलाभको कामना ।
बिज्ञप्ति
सरकारको नेतृत्व गरिरहेको एमालेको महत्वपूर्ण राजनीतिक घटनाक्रमका बीच बसेको बैठकले समाचारको खण्डन र स्वाश्थ्यलाभको कामना गरेको हो । पार्टी सचिव योगेश भट्टराईले बैठक सोमबारपनि बस्ने जनाएका छन् ।
एमाले भित्रका रोचक कुरा
पछिल्लो समय प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओली पार्टीभित्र अफ्ठयारोमा परेका छन् । बरिष्ठ तीन नेता माधबकुमार नेपाल, झलनाथ खनाल र बामदेब गौतम ओलीसंग असन्तुष्ट छन् ।
यि तीनै नेताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बजेटपछि प्रधानमन्त्री बनाउने भद्र सहमति भएको सार्वजनिकरुपमा बताइसकेका छन् । प्रधानमन्त्री ओलीले भने कुनैपनि अदृश्य सहमति नभएको दाबी गर्दैआएका छन् ।
पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गरी पार्टी कब्जा गर्न खोजेको आरोप प्रधानमन्त्री ओलीमाथि लाग्ने गरेको छ । बरिष्ठ नेता नेपालले ओलीमाथि दुराचारीलाई संरक्षण गरेको, पार्टीलाई अनुशासनहिनहरुको थलो बनाउन खोजेको आरोप सार्बजनिकरुपमै लगाएका छन् ।
ओलीमाथि सार्वजनिकरुपमा आलोचनाको बर्षा भइरहेको सन्दर्भमा जारी स्थायी समिति बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ । रोचक त के भने बैठक सामँन्य प्रकृतिका निर्णय गर्दै सकिने गरेको छ ।