News

देउवाको असफल हनिमून डे !

देउवाको असफल हनिमून डे !
Sher Bahadur Deuba मच्चियो मच्चियो थच्च्यिो भनेजस्तै भएको छ कांग्रेस सभापति शेरबहादुर देउवाको हालत । पार्टी सभापति पदमा चुनाव जितेमा देउवाले चमत्का नै गर्छन भनिठान्नेहरु अहिले हिस्स परेको सांघु साप्ताहिकमा खबर छ । कांग्रेसभित्र भन्न थालिएको छ–सुशील कोइरालाभन्दा डाइनामिक भनिएका देउवा झन लुते रहेछन्। १३ औं महाधिवेशन भएको १०० दिन पूरा हुन लागिसकेपनि उनले पदाधिकारीलाई पूर्णता दिन सकेका छैनन् । उनलाई खुमबहादुर खड्काले उपसभापति बनाउनु पर्यो  भन्दै आच्छुआच्छु पारिरहेका छन् । खड्कालाई उपसभापति बनाउनु हुन्न भन्ने जमातले देउवाको खोइरो खनिरहेको छ । तनाबका कारण देउवाको रिस बढेको छ । कसैको कुरा सुन्दैनन् । कसैले केही भन्न खोज्यो भने चुप लाग्नोस् भन्दै हर्काछन् । नेता बिमलेन्द्र नीधिबाहेक कसैलाई विश्वास गर्दैनन् । नीधिलाई काखी च्यापेपछि खुमबहादुरले गुट परिवर्तन गर्ने सोच बनाएको सांघुमा उल्लेख छ । संसदीय दलको नेता र पार्टी अध्यक्षमा निर्वाचित भएका देउवा फट्याङ्ग्राले समेत लात्ति हान्न सक्ने गरी कमाजोर हुंदै गएका छन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला पार्टी सभापति कसरी पार्टी चलाउनुपर्छ भन्ने म भए देखाइदिन्थे भने उफ्रने देउवा अहिले थच्चिएको सांघुमा खबर छ ।

Nepali Congress Nepali Politics Sher Badhur Deuwa

विशेष