निजामतीमा पुण्यलाई अध्यक्ष ओलीको साथ, भोलालाई नेता नेपाल र महासचिव पोखरेलको धाप
[caption id="attachment_4651" align="aligncenter" width="396"] पुण्यप्रसाद ढकाल[/caption]
अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्व अध्यक्ष भोला नाथ पोखरेल दुबैले ट्रेड युनियनको अध्यक्ष दाबी गरेपछि नेपाल निजामति कर्मचारी संगठनभित्र आन्तरिक खेल चर्को भएको छ । निजामति कर्मचारीको आधिकारि ट्रेड युनियनको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ११ सदस्य छान्नका लागि संगठनको केन्द्रीय समितिको बैठक असार १ र २ गतेलाई डाकिएको छ । पहिलो पटक भएको ट्रेड युनियन निर्वाचनमा एमालेले बहुमत स्थान हासिल गरेको थियो । अन्य संगठनलाई निकै पछि पारेको नेपाल निजामति कर्मचारी संगठनले २१ सदस्यीय केन्द्रीय समिति मध्ये अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ११ स्थानमा कब्जा जमाएको हो ।
[caption id="attachment_4652" align="alignnone" width="750"] भोला नाथ पोखरेल[/caption]
आधिकारिक ट्रेड युनियनको गठनपछि राज्यले पार्टीगत संगठनसंग डिल गर्नेछैन । स्थायी सरकारको स्थायी संगठनका रुपमा शक्तिशाली हैसियत रहने ट्रेड युनियनको अध्यक्षमा ढकाल र पोखरेलले दाबी गरेसंगै एमाले पार्टीभित्रको राजनीति तातेको छ । ढकाललाई प्रधानमन्त्री ओली पक्षको साथ रहने बताइएको छ । निर्वाचनमा संगठनको नेतृत्व गरेकाले उनलाई नै अध्यक्ष बनाउनुपर्ने लबिङ हुन थालेको छ ।
अर्कोतर्फ ढकालको कार्यकालमा निर्वाचन हुनु कागतालीमात्रै परेको, खाशमा संगठनको पकड बढाउन पूर्व अध्यक्ष भोला पोखरेलको नेतृत्वले काम गरेको भन्दै पाखेरेलको पक्षमापनि लबिङ भइरहेको छ । प्रष्ट र खरो स्वभावका पोखरेल वर्तमान अध्यक्ष ढकालभन्दा बढी चिनिएका र स्थापित कर्मचारी नेता हुन् । उनलाई बरिष्ठ नेता माधबकुमार नेपाल र झलनाथ खनालको साथ छ । ओखलढुंगाका भोलाको थर र बतन मिलेसंगै पार्टी महासचिव ईश्वर पोखरेललेसमेत साथ दिने चर्चा एमालेवृत्तमा छ । पोखरेलको बरिष्ठ नेता नेपाल र महासचिव पोखरेलसंग समदुरी रहेको बुझिन्छ ।