सन्सारकै सबैभन्दा सानो अन्डा, गिनिज बुकमा लेखाउने प्रयास
जेठ - २४, अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।
[caption id="attachment_4663" align="alignnone" width="1551"]
Agency[/caption]
गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ । सन्धिखर्कस्थित शान्ति बगैँचाका हरि प्रसाद अधिकारीले आफ्नो कुखुराले उक्त नापभन्दा सानो अन्डा पारेको दाबीट गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताएका छन् ।
उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ । हरिले जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज बुकमा रेकर्डका लागि पहल थालेका छन् ।लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामनारायण मण्डलले जानकारी दिए।
विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अन्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । ९ अगस्ट सन् २०११ मा मापन गरिएको उक्त अन्डाको नाप ०.८२६८ इन्च अर्थात् २.१ सेन्टिमिटर रहेको छ ।
smallest egg
world record