विदेश

टर्कीमा स्कुल बस दुर्घटना हुँदा १४ को मृत्यु

टर्कीमा स्कुल बस दुर्घटना हुँदा १४ को मृत्यु
जेठ – २४, टर्कीको राजधानी स्तानबुलमा आइतबार एउटा स्कुल बस दुर्घटनामा पर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको समाचार छ । [caption id="attachment_4688" align="alignnone" width="700"]school-buses Agency[/caption] टर्कीको एक प्रसिद्ध पूरातात्विक स्थान काराटेपेबाट एक स्कुलका बालबालिका र उनीहरुका अभिभावक लिएर गइरहेको उक्त स्कुल बस सडकबाट तल खसेको थियो । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा छ जना बालबालिका परेका छन् । बस सडकबाट खसेर खोँचमा परेको थियो ।  घाइते भएका बालबालिका र तिनका अभिभावकगरी २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मृतक बालबालिकाका आफन्तले चालकको लापरवाहीका कारण सो दुर्घटना भएको भन्दै छानबीनको माग गरेका छन् । त्यस बसका चालकले नियन्त्रण गुमाउदा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो दुर्घटनाको अनुसन्धान जारी रहेको पनि बताएको छ । रासस

School Bus Accident Turkic

विशेष