News

प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल तीन दिनसम्म अमेरिकामा संचालन भएको युनाइटेड नेशन्स चिफ्स अफ पुलिस सम्मिट  (युएनसीअाेपीएस) बिषयक कार्यक्रममा सहभागी भइ आइतबार स्वदेश फर्केका छन् । 13407462_10206195258589431_388941780_n प्रहरी महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरे । विमानस्थलमा कुरा गर्दै प्रहरी महानिरीक्षक अर्यालले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न परिचालित यु.एन प्रहरीलाई आगामी दिनमा थप मुलुकहरुमा आवश्यक परेको खण्डमा प्रभावकारिताकासाथ परिचालन गर्ने उक्त कार्यक्रममा निर्णय गरिएको बताएका छन्। सम्मेलनबाट आगामी दिनमा युएन प्रहरीको परिचालन अझ व्यवस्थितरुपले हुने कुरामा आफू विश्वस्त रहेको बताए । शान्ति स्थापनामा बिश्वका सम्पूर्ण मुलुकले गर्ने योगदानमा नेपालको स्थान छैठौं रहेकोसमेत जानकारी दिए । बिश्वका १ सय १० देशका प्रहरी प्रमुखहरुको सहभागिता रहेको उक्त सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक अर्याल जेठ १६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।  

Nepal Police Tribhuban international Airport

विशेष