विदेश

अमेरिकी पत्रकार र उनका अनुवादक मारिए

अमेरिकी पत्रकार र उनका अनुवादक मारिए
जेठ - २४, आइतबार अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मण्डमा अफगान सेनाको गस्ती टोलीमाथि तालिवानले आक्रमण गरेका र सोही क्रममा अमेरिकी पत्रकार र उनका अनुवादककाे ज्यान गएको बताइएको छ । Journalist Death अमेरिकाको नेशनल पब्लिक रेडियो, एनपिआरका पत्रकार ड्याभिड गिल्कीलाई तालिवानहरुले हमला गरेका अफगान सेनाले जनाएको छ ।राष्ट्रिय सेनाको सुरक्षा समूहमा रहेका ती पत्रकार र उनका भाषा अनुवादक अफगान नागरिक जबिहुल्लाह तम्मानको ज्यान गएको अफगान सेनाले सोमबार बिहान पुष्टि गरेको हो । सेनाको समूहमाथि यसअघि पनि सो स्थानमा तालिवानहरुले यसैगरी टाढाबाट बम हमला गर्ने गरेका थिए । यस पटक पनि यो हमला उनीहरुले नै गरेको बताइएको छ । तर यस घटनाको जिम्मेवारी भने कुनै समूह वा व्यक्तिले पनि लिएको छैन । तर अफगानिस्तानको राष्ट्रिय सेनाले भने यस हत्यामा तालिवानकै हात रहेको बताएको छ । अमेरिकी पत्रकारका अनुवादक मारिने जबिहुल्लाह पनि यसअघि सन् २००३ देखि २०१० सम्म अफगानिस्तानको काबुलबाट चिनियाँ समाचार समिति, सिन्ह्वाका फोटो पत्रकार भइ काम गरेका बताइएको छ । अफगानिस्तानमा जारी तालिवान विद्रोहका क्रममा यसरी कार्यक्षेत्रमा नै कैयौं पत्रकारले ज्यान गुमाएका छन् ।  अफगानिस्तानमा सशस्त्र विद्रोह सुरु भएको सन् २००१ यता गएको १५ वर्षमा त्यहाँ ५० जना पत्रकारको ज्यान गएको छ । त्यस्तै यस्तो हिंसामा परी यहाँका कैयौँ पत्रकार घाइते तथा अङ्गभङ्ग भई बाच्नुपरेको समाचारमा जनाइएको छ ।

Afghanistan Journalist Death

विशेष