उपचाररत अम्बर गुरुङप्रति श्रद्धान्जली व्यक्त गरेकोमा भारतीय दुतावासले माफी माग्यो
काठमाडाैँ २४ जेठ काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएकोमा भारतीय राजदूतावासले माफी मागेको छ। भारतीय दुतावासले ट्विटमार्फत एक बजेर एकचालिस मिनेट जांदा नेपाली प्रसिद्ध संगीतकार अम्बर गुरुङको मृत्यु भएको मा दुखद समबेदना व्यक्त गरेकाे थियाे ।
२ घण्टापछि उसले अर्को ट्विट गर्योे र माफी माग्यो । मिडिया रिपोर्टलाई आधार मानेर पहिले श्रद्धान्जली व्यक्त गरिएको उसको प्रष्टिकरण छ ।पछिल्लो ट्विटमा गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
सबेरै केही प्रतिष्ठित संचारमाध्यममा गुरुङको निधन भएको समाचार प्रशारण भएपछि गुरुङको अवश्थाप्रति भ्रम परेको थियो । दुतावासजस्तो संवेदनशील निकायसमेत गुरुङको विषयमा चिप्लिन पुग्यो ।
गुरुङलाई श्रद्धाञ्जली भन्दै स्टाटस राखेको आधा घण्टापछि भारतीय दूतावासले अर्को ट्विट गर्दै माफी मागेको हो। दूतावासले त्यस आफ्नो अघिल्लो स्टाटसप्रति क्षमा माग्दै सञ्चार माध्यमको समाचारमा भर पर्दा गल्ती हुन गएको बताएको छ। उसले गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
[embed]https://twitter.com/IndiaInNepal/status/739738032564113408[/embed]
सोमबार बिहान केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा गुरुङको निधन भएको भन्दै समाचार आएपछि परिवारले पनि आपत्ति जनाएका छन्। अम्बर गुरुङका छोरा राजुले आफ्नो बुबाको अवस्था गम्भीर भएपनि अझै उपचार भइरहेको जानकारी दिएका छन्।
उनले अम्बर गुरुङको अवस्था गम्भीर भए पनि उपचार भइरहेको जानकारी दिए। ग्राण्डी अस्पतालले गुरुङको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिएको छ।
परिवारका सदस्य र अस्पतालले अझै उपचार भइरहेको बताए पनि काठमाडौंमा रहेको भारतीय राजदूतावासले ट्विटरमार्फत श्रद्धाञ्जली दिएको हो। सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ' भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।'
दूतावासले यो स्टाटस पोस्ट गरेको केहीबेरमा नै डिलिट गरेको छ।
गुरुङको निधनको हल्ला फिजिंएपछि अस्पतालले गुरुङको स्वश्थ्य अवश्थ जटिल तर स्थितर भएको जनाएको थियो । नियमतिरुपमा पत्रकार सम्मेलन गरी स्वाश्थ्य अवश्था अवगत गराइने अस्पतालले जनाएको छ ।