भारतीय महिलाले थाले नेपालबाट दश देशको मोटरसाइकल यात्रा
काठमाडौँ २४ जेठ भारतका चार महिलाले ‘बेटी बचाओ बेटी पढाओ’ भन्ने नाराका साथ नेपालबाट दश देशको मोटरसाइकल यात्रा थालेका छन् ।
भारतीय राजदूततवासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले यात्राको उद्घाटन गरेका छन । यात्रामा डाक्टर सरिका मेहता, युग्मा देशाई, ख्याती देशाई तथा डुरिया तपिया सहभागी छन् ।
उनीहरुले नेपालबाट थालेको यात्रा भारत, भूटान, म्यानमार थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम र सिंगापुर पुगी समापन हुने छ ।३६ दिने यात्रामा उनीहरुले दशहजार भन्दा बढी किलोमिटरको यात्रा तय गर्ने जनाइएको छ । यात्राका सहभागीहरुले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आफनाे यात्राबारे जानकारी गराएका थिए ।