अपराध सुरक्षा News

अदालतको फैसला पछी फरार २० जना अभियुक्त पक्राउ,९ जेल चलान

अदालतको फैसला पछी फरार २० जना अभियुक्त पक्राउ,९ जेल चलान
रामचन्द्र घर्ती, जाजरकोट  २४ जेठ अदालबाट बिभिन्न मुद्धामा कैद जरीवाना फैसला पछी फरार २० जना अभियुक्तलाइ जाजरकोट प्रहरीले पक्राउ गरी जेलचलान गरेको छ । अदालतको फैसला पछी कैद तथा जरीवाना भुक्तानी नगरी अहिले सम्मा फरार रहेका अभियुक्तलाइ प्रहरीले पक्राउ गरी जेलचलान गरेको हो । jel जिल्ला अदालतको आदेश अनुसार प्रहरीले फैसला कार्यान्वयन गर्न बिशेष प्रहरी टोली गठन गरेको डेढ महीनामै बिभिन्न मुद्धाका २० जना अभियुक्तलाइ पक्राउन गर्न सफल भएको हो । पक्राउ भएका अभियुक्तलाइ अदालमा उपस्थित गराइ ९८ हजार १ सय १० रुपैया ५० पैसा जरीवाना असुल उपर गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतको आदेशअनुसार ९ जना अभियुक्तहरुलाइ कारागार बन्दी गृहमा पाठाइएको र ११ जनालाइ जरीवाना तिराइ छाडेको प्रहरीले जनाएको छ । कैद सजाय भोग्नेहरुमा कर्तव्य ज्यानमारा उद्योग, चाेरी, कुटपीट तथा बहुबिबाह मुद्धाका रहेका छन । जेल चलान भएका २ हजार ४१ साल मंसीर २२ गते अदालतबाट दस बर्षको कैद सजय सुनाइएका खलंगा ७ का टेकबहादुर थापा समेत रहनु भएको छ । त्यस्तै जरीवाना तिरेर छुट्नेहरुमा गालीबेजेती, लुटपिट लगायतका मुद्धाका रहेको प्रहरीले जनाएको छ ।

jajarkot jel chalan

विशेष