News

अम्बर गुरुङ स्वास्थ्य अवस्था ‘वेट एण्ड वाच’

अम्बर गुरुङ स्वास्थ्य अवस्था ‘वेट एण्ड वाच’
वरिष्ट संगीतकार अम्बर गरुङ ग्राण्डी अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेेका छन् । ब्लड प्रेसर घटेर अचानक बेहाेस भएपछि अघिलाे शनिबार ग्राण्डी अस्पताल ल्याइएकाे थियाे । उनकाे अवस्था अत्यान्त चिन्ताजनक रहेकाे डाक्टरहरुले बताएका छन् । ambar-gurung-praying अहिले डाक्टरहरुले उनकाे उपचारलाई सहज बनाउन प्रयासरतः छन् । यस्तो नाजुकमा अवस्था अन्त लिएर जाने अवस्था छैन । पछिल्लो समयसम्म आइपुग्दा डाक्टरहरुले ‘वेट एण्ड वाच’ नै भनिरहेका छन् । त्यसैले भोलिसम्म हेरौं भन्ने मनस्थितिमा रहेकाे र भोलिसम्म पनि अवस्थामा सुधार नआए अर्को विकल्प सोच्ने स्राेतले बतायाे । गुरुङलाई अहिलेसम्म एन्टिवायोटिक, कृत्रिम स्वासप्रस्वास प्रणाली तथा रक्तचाप नियन्त्रण गर्ने औषधीले जोगाइराखेको उपचारमा संलग्न ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे बताउँछन् । अस्पतालमा आएपछि उनको स्वास्थ्यमा सुधार देखिए पनि तीन दिनअघि भएको रगत वान्ता भएकाले स्वास्थ्यस्थिति जटिल बन्न पुगेको उनको भनाइ छ । उनी हाल एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव, पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित छन् । उनी त्यसभन्दा अघि पनि ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । ठोस पदार्थ निल्न समस्या देखिएपछि गुरुङ्गलाई करिब तीन महिना पहिले ग्राण्डीमा भर्ना गरिएको थियो । उनी मेदान्त भर्ना हुन गत माघ १४ गते भारत पुगेका थिए । गुरुङलाई मेदान्तमा क्यान्सर तथा ग्यास्ट्रो इन्टेस्टाइनका डाक्टरहरुले हेरेका थिए । उनी लामो समयदेखि ‘पार्किन्सन्स’ तथा सुगर रोगबाट समेत पीडित छन् ।

aambar gurung

विशेष