News

शक्तिशाली महिलाको सुचिमा राष्ट्रपति विद्या भण्डारी ५२ औं स्थानमा

शक्तिशाली महिलाको सुचिमा राष्ट्रपति विद्या भण्डारी ५२ औं स्थानमा

Vidhya_Bhandari2 काठमाडौं, जेठ २५ । गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारी संसारका शक्तिशाली महिलाको सुचीमा ५२ औं स्थानमा रहेकी छन् । विश्वको आर्थिक पत्रिका फोब्सको सर्वेक्षण अनुसार विश्वको शक्तिशाली महिलाको नम्बर १ मा जर्मनी चान्सलर एन्जेला मर्केल रहेकी छन् भने त्यस्तै अ‍ेमरिकाकी राजनितज्ञ हिलारी क्लिन्टन दोस्रो नम्बरमा अब्बल रहेको उल्लेख गरिएको छ । विश्वभर गरिएको सर्वेक्षण अनुसार तेस्रो नम्बरमा अमेरिकाकै व्यापारी जतेन एलन रहेकी छन् ।

को हुन् विद्या भण्डारी

14 गणतन्त्र नेपालकी पहिलो राष्ट्रपति विद्या भण्डारी २०७२ साल कार्तिक ९ गते राष्ट्रपतिको निर्वाचनमा पहिलो नेपालको महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् । आफ्ना पतिको विक्रम सम्बत २०५० साल जेठ ३ गते असामहिक निधन भएपछि उनि राजनीतिमा प्रवेश गरेकी थिइन । भोजपुर जिल्लाको माने मञ्ज्याङमा विक्रम सम्बत २०१८ आषाढ ५ गते जन्मेका २ छोरी रहेका छन् ।

Bidya Bhandari

विशेष