News

१४६ जनाले कोरियाली भाषा परीक्षा दिन नपाउने

१४६ जनाले कोरियाली भाषा परीक्षा दिन नपाउने

EPS काठमाडौं जेठ २५ । रोजगार अनुमति प्रणली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि फारम भरेकामध्ये १४६ युवाले कोरिया भाषा परीक्षा दिन नपाउने भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार विगतको भाषा परीक्षामा चिटिङ गर्ने, दोहोरो फारम भर्ने र उमेर नपुगेकाहरुले परीक्षा दिन नपाउने गरी नाम हटाइएको छ । कोरियाको मानवसंशाधन विकास सेवाले ती दरखास्त फारम रद्द गरेको छ । परीक्षा दिन नपाउनेमा १५ जना विगतमा परीक्षा नियम उल्लंघन गरेका छन् । तर उनीहरू गत वर्ष नै कारवाहीमा परी दुई वर्षसम्म परीक्षा दिन नपाउनेमा पर्छन् ।

गत वर्ष एउटा परीक्षार्थीको ठाँउमा अर्को परीक्षार्थी सहभागी भएको र कपी गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म परीक्षा दिन प्रतिवन्ध लगाइएको थियो । दोहोरो फारम भर्ने १९ जना परीक्षार्थीको एउटा फारम अस्वीकृत गरिएको छ ।

EPS Korea

विशेष