News

अलविदा अम्बर !

अलविदा अम्बर !

rip aambar guung 2 काठमाडौं, जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ बर्षको उमेरमा निधन भएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डि अस्पतालको सघन उपचार कक्षमा गत सोमबारबाट उपचाररत गुरुङको आज विहान २ बजेर ३७ मनेटमा निधन भएको हो । सन् १९३८ फेब्रुअर २६ मा भारतको दार्जि्लिङमा जन्मनुभएका गुरुङ नेपाली राष्ट्रिय गानका संगीतकार एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो ।

नेपाली संगीत क्षेत्रको उत्थानकालागि महत्वपूर्ण योगदान गर्नुभएका वरिष्ठ संगितकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गितहरुमा संगीत भर्नुभएको छ । गोरखा जिल्लाको रिसिङ पुर्खौली घर भएका गुरुङ बि.स २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशक रहनुभएको थियो । नौ लाख तारा उदाए बोलको गीतबाट नेपाली संगीतमा उदाएका गुरुङले अक्षरका आवाजहरू गीतिसंग्रह, कहाँ गए ती दिनहरू, कहिले लहर कहिले तरंग र सम्हालेर राख लगायतका कृती रचना गर्नुभएको थियो ।

संगीतको साधनामा पाँच दशकदेखी लागि परेका गुरुङलाई नेपाली कला र संस्कृतिको उत्थान गरेको भन्दै २०५४ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । उहाँलाई २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो , २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारबाट सम्मान गरिएको थियो । उहाँका तीन छोरा र एक छोरी छन् ।

संगीतकार अम्बर गुरुङको शव १०ः५१ मा ग्राण्डी अस्पतालबाट निकालिने छ । केहीबर अस्पताल प्रांगणको मन्दिरमा राखिने र त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा लगिनेछ । गुरुङको शव अन्तिम दाहसंस्कारका लागि दिउसो ३ बजे पशुपति अर्यघाट लगिनेछ ।

Ambar

विशेष