
काठमाडौ, जेठ २५ । नेपाल विद्युत प्राधिकरणले मंगलबारबाट लागु हुने गरी विद्युत आपूर्ति कटौती लोडसेडिङ घटाएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गरी नदीमा पानीको जलस्तर बढ्नेक्रम रहेको भन्दै लोडसेडिङको समय घटाएको जनाएको हो । अबदेखी हप्तामा ६६ घण्टा लोडसेडिङ हुनेछ । जसअनुसार हप्तामा २ दिन १० घण्टा, २ दिन साढे ९ घण्टा, २ दिन ९ घण्टा र एक दिन ८ घण्टा लोडसेडिङ हुनेछ ।
Loadseding
Nepal Electricity authority