News

नारायणगढ– मुग्लिन सडकखण्डमा पहिरो जाँदा सडक बन्द

नारायणगढ– मुग्लिन सडकखण्डमा पहिरो जाँदा सडक बन्द

काठमाडौं जेष्ठ २५ । चितवनको नारायणगढ– मुग्लिन सडकखण्ड पहिरोका कारण पुनः अवरुद्ध हुन पुगेको छ । उक्त खण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ स्थित पाँच किलोमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ । गए राति २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक ४ बजेर ३० मिनेट जाँदा खुलाइए पनि बिहान ६ बजेर ४० मिनेटमा पुनः पहिरो खसेर बन्द हुन पुगेको बताइएको छ ।

प्रहरीका अनुसार राति पहिरो खसेका बेला जनकपुरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३८६२ नम्बरको बसलाई पहिरोबाट निकालिएको थियो । सडक खुलाउन डोजरको सहायतामा प्रहरी परिचालन गरिएको जनाइएको छ । नारायणगढ मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ

Sadak

विशेष