News

विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

Save the children जेठ २५ । नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् ।  प्रहरीका अनुसार पाँच–छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा १३ च ५९१४ नको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको छ ।

यसैबीच सो दलले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा पुनःनिर्माण र राहत वितरण गर्दैआएका गैरसरकारी संस्था सेवामुखीभन्दा पनि कमाउमुखी बन्दै गएका कारण आक्रमण गर्नुपरेको जनाएको छ ।

maobadi

विशेष