News समाज

गठबन्धन रिले अनसन बस्दै

गठबन्धन रिले अनसन बस्दै
जेठ – २५, संघिय गठबन्धन मोर्चाले आफ्नो माग पुरा नभएपछि रिले अनसन सुरु गरेको घोषण गरेको छ । Madhesi Morcha Ansan यसभन्दा अघिका आन्दोलनबाट अाफ्ना माग सम्बोधन नभकाे भन्दै तेस्रो चरणमा आन्दोलनको घोषणा गरेकाे हाे । माेर्चाकाे कार्यक्रम अनुसार आजबाट रिले अनसन सुरु गरेको बताएको छ । गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा काठमाडौंको शहीद मञ्चमा निर्धारित समय बिहान ठीक ७ बजेदेखि अनसन सुरु गरेको प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ । गठबन्धनले माग सम्बोधनका लागि सिंहदरबार र वालुवाटार घेराऊ गर्दै काठमाडौ, वीरगंज, पोखरा लगायतका देशका विभिन्न ठाउँमा सभा र विरोध प्रदर्शन गरेको थियो । आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

Madheshi Morcha Sanghiya Gathbandhan

विशेष