News

पूर्वराजा ज्ञानेन्द्र र कांग्रेस सभापति शेरबहादुर विरुद्ध उजुरी

पूर्वराजा ज्ञानेन्द्र र कांग्रेस सभापति शेरबहादुर विरुद्ध उजुरी

काठमाडाै‌ जेठ २५ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री देउवाविरुद्ध १० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेका छ ।

 

पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका उदयपुर जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।

Manab Adhikar

विशेष