अम्बरसंगको त्यो अविष्मरणीय पहिलो भेट: सरुभक्त
अम्बर गुरुङसंग मैलै तीसको दशकमा लगभग २०३४–३५ सालतिर भेटेको हो । जब म भर्खर स्कुल सकेर क्याम्पसको अध्ययन गर्न पोखराबाट काठमाण्डौ आए । त्यती बेला अम्बर गुरुङ दाजु म लगाएत धेरै संगित तथा साहित्य प्रेमीको प्रेरणाको स्रोत हुनुहुन्थ्यो । म लगायत मेरा साथीहरु त्यो समयमा तत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानमा जान्थ्यौ । त्यहा त्यती बेला धेरै नाटक महोत्सब, कबिता महोत्सब, हुन्थ्यो । अम्बर गुरुङ दाजु तत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानमा संगीत बिभागको प्रमुख तथा बरिष्ठ संगीतकार हुनुहुन्थ्यो ।
त्यती बेला तत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानमा म लगायत संगीत तथा साहित्यमा अभिरुची राख्ने साथीहरु जाने गथ्र्यौ । त्यही क्रममा उहासंग भेट भयो । अम्बर गुरुङ दाजु ब्याक्तिगत हिसाबले अत्यन्तै सरल, मिलनसार, र सहयोगी हुनुहुन्थ्यो । बिशेषगरी आफ्नो साङ्गितिक क्षेत्रमा संगीतकार गितकार र गायक तिनै बिधामा अत्यन्तै दख्खल हुनुहन्थ्यो । उहाँ आफ्नाे काम अत्यन्तै मेहनत र लगावका साथ गर्ने सिर्जनशिल तथा बहुमुखी प्रतिभाको धनी हुनुहुन्थ्यो । नेपाली साहित्य संगितको मात्र हैन उहासंग बिश्व साहित्य तथा सगीतको गहिरो ज्ञान थियो ।
अम्बर गुरुङ ग्रण्डीमा उपचाररत रहंदा गरिएको कुराकानीमा आधारित
[embed]http://https://youtu.be/uw2kziUJEEE[/embed]उहाँसगं बिभिन्न कार्यक्रमको सिलसिलामा काठमाडाै पोखरा लगायत बिभिन्न ठाउमा भेट हुन्थ्यो । संग बसेर गफगाफ गर्दा उहाँ विश्व संगीत तथा साहित्यको क्षेत्रमा के कस्तो परिवर्तन भएको छ, विश्व सगीत तथा साहित्यको तुलना नेपाली साहित्य तथा संगीतसंग गरेर हामीलाई धेरै कुरा सिकाउनु हुन्थ्यो । हामी उहांसंग धेरै कुरा सिक्थ्यौ । उहाँ जहीले पनि नेपाली संगीत तथा साहित्यलाई कसरि माथि लान सकिन्छ भनेर सिर्जनसिल कुराहरु गर्नुहुन्थ्यो ।
उहाँ नेपाली बाबु आमाबाट बिदेशमा जन्मिएर उतै हुर्किए पनि नेपाललाई अत्यन्तै माया गर्नुहुन्थ्यो । बिदेशमा सिकेका ज्ञानहरुलाई भरपुर प्रयोग गरेर उहाँले नेपाली संगितलाई बेग्लै उचाईमा पु¥याउन अतुलनिय योगदान दिनुभयो । राष्ट्रिय गानमा संगीतभर्ने देखी लिएर संगीत क्षेत्रमा नयां आउने पुस्ताहरुलाई सहयोग र प्रशिक्षण दिने गर्नुहुन्थ्यो । उहाँबाट प्रशिक्षीत भएका संगीतकारहरुले धेरै प्रगति गरेका छन् । उहाँ जस्ता धेरै संगीतकार भएता पनि उहाँजस्तो सहयोगी मिलनसार र नेपाली संगीत क्षेत्रलाई निरन्तर त्याग गर्ने कोही छैन ।
किनकि उहाँले नेपाल तथा नेपाली संगीतलाई औधी माया गरेको कारणले नै दिल्लीको साङगीतिक क्षेत्रमा चर्चा पाउंदा पाउंदै पनि नेपाली संगीतलाई नै रोज्नुभयो । मालती मंगलेजस्तो चर्चित गीति नाटक होस् वा राष्ट्रियगान लगायत धेरै ऐतिहासिक गीत तथा नाटकमा संगीत भर्ने काम उहाँले नै गरको बताए । त्यसैले उहाँ धेरै संगितकारहरुको भिडमा सर्बाधिक चर्चित तथा लोकप्रिय हुनुहुन्थ्यो । नेपाल आजको लागि सागर बुढाथोकीले सरुभक्तसंग अम्बर गुरुङ ग्रण्डीमा उपचाररत रहंदा गरिएको कुराकानीमा आधारित
ambar gurung