News

अम्बर गुरुङको नाममा संग्रालय बनाइदिन जीवनसंगिनी बिनाको आग्रह (भिडियो सहित)

अम्बर गुरुङको नाममा संग्रालय बनाइदिन जीवनसंगिनी बिनाको आग्रह (भिडियो सहित)
[caption id="attachment_4325" align="aligncenter" width="750"]bina gurung फोटो: मिलन गुरागाईं[/caption] उहाँ त मेरो श्रीमान हो हैन, जती सक्दो राम्रो भन्छु, संसारले नै राम्रो भनेका छन । एउटा महत्वपूर्ण कुरा चाहीँ के भने हैन ? उहाँले दिल ज्यान दिएर नै नेपाली संगीतलाई माथि लानु पर्छ, प्रगति गर्नुपर्छ भन्ने विचार राखेर अगाडि बढ्नुहुन्थ्यो । नेपाली साङगीतिक जगतलाई सबभन्दा महत्वपूर्ण कुरा नै त्यही हो । हामी धेरै पिछडीएका छौँ, अगाडि बढ्नु पर्छ भन्ने विचार मात्र हैन । उहाँ कसैलाई पनि भेदभाव गर्नुहुनुहुँदैनथ्यो । हामी सबै नेपाली भन्ने भावना उहाँसँग थियो । हामी सबै संगै अघी बढ्नु पर्छ, सबै मिल्नु पर्छ र नेपाली संगीतजगतको उथ्थान गर्नु पर्दछ भने सोच उहाँको हो । अझै पनि नेपाली संगीतजगत केही बनोस, प्रगति होस भन्ने विचार उहाँको थियो । उहाँ धेरै ठूलो व्यात्तित्व सरकार तथा श्रोताहरुले नी धेरै माया प्रेम गर्नुभयो । यती धेरै माया प्रेम पाएर उहाँ यस्तो लोकप्रिय हुनुभयो । उहाँलाई माया गर्ने श्रोता तथा सरकारलाई हामी कहिल्लै बिर्सदैनौँ । यसको लागि हामी उहाँहरुप्रति आभारी छौ । [embed]https://youtu.be/cUfOCMKzLY0[/embed] उहाँ मेहनत तथा ईमान्दार भएर काम गर्नु भयो । धेरै मानिसलाई सहयोग गर्नुभयो । नेपाली संगीतलाई धेरै योगदान दिनुभयो । बिरामी हुनुभन्दा पहिले पनि संगीतकै बारेमा सोच्ने गर्नुहुन्थ्योे । अझै पनि म गाउँछु, अझै पनि संगीत भर्छु भन्ने उहाँको तिब्र ईच्छा थियो । सायद यस्तो मान्छे अब जन्मदैन होला । कोही यस्तो मान्छे जन्मिएता पनि उहाँ जस्तो सर्वश्व त्यागी बन्न गाह्रै छ जस्तो लाग्छ मलाई । मेरो एउटा ठुलो ईच्छा छ, उहाँको नाममा सरकारले एउटा म्युजीयम खोल्नै पर्छ । किनभने उहाँले जे जती पाउनु भएको छ । त्यसलाई सम्हाल्न हामी दुई चार जनाले सक्दैनौं । समय बितीसकेपछि उहाँको बारेमा खोज्दा हामी केही पनि पाउदैनौं । त्यसैले उहाँजस्तो ब्यात्तित्वको म्युजीयम बनाउनु सरकारको पनि दायित्व हो । उहाँसंग जे जती जोडीएका छन भावी पुस्ताको लागि समालेर राखिदिनुपर्यो  । मेरो सबै छोराहरु संगीत क्षेत्रमा छन । छोराहरुले उहाँको धेरै कुराहरु घरमै संगालेर राखेका छन । उहाँको ईच्छा पनि ती विविध क्षणहरुको एल्बम बनाएर राख्ने थियो । उहाँको ईच्छा पुरा गर्न पनि सरकारले त्यो काम गर्नुपर्छ । किनभने उहाँको पुरानो संग्रहहरु त्यसै फ्याल्ने कुरा पनि भएन । हामीले मात्र स्याहार गर्न असम्भव छ । देशको तारा !! देशको हिरा !! भनेर मात्र भएन यसलाई सुरक्षित गर्ने काम पनि गर्नु प¥यो । उहाँ अस्तीसम्म पनि गाउछुँ–गाउछुँ भन्दै हुनुहुन्थ्यो । अनि मैले हुन्छ, त्यसको लागि बलियो हुनुपर्छ, खाना खानुपर्छ भनेपछि मात्र खाना खानुहुन्थ्यो । उहाँको अन्तिम ग्रान्ड सो गर्ने ठूलो ईच्छा थियो । (अम्बर गुरुङ ग्राण्डीमा उपचाररत रहदा नेपाल आजको लागि सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

amar gurung wife ambar gurung bina gurung

विशेष