विदेश

कारबाहीको क्रममा तीन जेएमबी लडाकू मारिए

कारबाहीको क्रममा तीन जेएमबी लडाकू मारिए
जेठ–२५, बङ्गलादेशी प्रहरीले राष्ट्रभरी इस्लामिक लडाकूविरुद्ध जारी राखेको कारबाहीको क्रममा तीनको मृत्यु भएको छ । Egypt War, with Gun मङ्गलबार इस्लामिस्ट लडाकू र प्रहरीबीच जारी रहेको दोहोरो गोली हानाहानमा ती तीन लडाकूको मृत्यु भएको जनाइएको छ । यस कारबाहीको क्रममा जमायेतुल मुजाहिद्दिन बङ्गलादेशी (जेएमबी) लडाकू समूहका उच्च स्तरीय दुई सदस्यको बङ्गलादेशको राजधानी ढाकामा र अन्य एकको उत्तरपश्चिमी जिल्ला राजशाहीमा मारिएका प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । ढाकामा मारिएका दुई जेएमबीका सदस्यहरुको हाल भएका कैयौ आक्रमणहरुमा हात भएको बताइएको छ । सिया मस्जिदहरुका आक्रमण र स्वतन्त्र प्राध्यापकको हत्यामा यी दुईको हात भएको प्रहरी उपपरीक्षक एम आर खालेदले एएफपी समाचार समितिलाई बताएका छन् । रासस ÷एएफपी

Bangaladesh JMB

विशेष