संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

दिवंगत अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।
उनकोे प्राथिक शरीरलाई प्रज्ञाभवनमा राखेर नेता, कलाकार तथा सर्वसाधारणले श्रद्धान्जली दिइरहेका थिए । गुरुङको पार्थिक शरीरलाई सेनाको गाडिमा राखेर कमलादीस्थित प्रज्ञाभवन ल्याइएको थियो । सेनाकै गाडिमा रोखर करिव ४ बजे आर्यघाट पु-याइएको हो ।
नेपाल सेनाका मानार्थ कर्नेलेसमेत रहेका गुरुङलाई सेनाले महासेनानीको हैसियतले सलामी दिएको छ । अम्बर गुरुङको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको थियो ।
संगीतकार, गीतकार, गायक, तथा राष्ट्रिय गानका संगीतकार अम्बरको अन्त्यष्टिमा सहभागी हजारौँको संख्यामा उनका शुभ चिन्तकहरु आर्यघाटमा पुगेका थिए ।
aambar gurung
तस्विर : गगन थापा/मिलन गुरागार्इं



