के थियो अम्बर गुरुङको इच्छा (भिडियो सहित)
बुवाले म बाट धेरै आशा गर्नुभएको थियो । उहाँ संगीत, गीत र गायन तीनवटै विधामा विशिष्ट हुनुहुन्थ्यो । अत्यन्तै सिर्जनशील र होनहार हुनुहन्थ्यो । तर म बाद्यवादनमा मात्र छु । अहिले यही विषयमा अनुसन्धान गर्दै छु ।
मेरो विचारमा अनुसन्धानमा नेपालीहरु धेरै नै पछाडी छन् । विदेशी हामीभन्दा धेरै अगाडि छन् उनीहरुल गीतसंगीतमा धेरै शोधअनुसन्धान गरिसका छन् । तर हामी नेपाली संगीतकारहरुलाई कति कुरा थाहासम्म छैन । मेरो व्याक्तिगत सोचाई चाहीँ नेपाली बाद्यवादनमा अनुसन्धान गर्ने हो ।
अव, बुवाको मप्रतिको आशा तथा चाहनालाई पुरा गर्ने तिर लाग्छु । उहाँजस्तो विलक्षण प्रतिभाको धनी मान्छेको इच्छा पुरा गर्ने प्रयास गर्नु मेरो दायित्व पनि हो । हेरौँ, कतिसम्म सफल भइन्छ भविष्यले देखाउला ।
उहाँले मलाई धेरै कुरामा निर्देशन दिनुभएको छ । यसो गर्नु, त्यसो गर्नु भनेर सिकाइरहनु हुन्छ । उहाँले बेलाबेलामा मेरो अधुरा गीतहरु पुरा गर्नु, ट्रयाकहरु बनाउनु भनेर सम्झाइरहनु हुन्थ्यो ।
[embed]https://youtu.be/YX_5skGwf30[/embed]
उहाँ सकारात्मक विचार भएको मान्छे हो । अन्तीम समयसम्म पनि संगीतमा धेरै काम गर्न बाकी छ भनेर यसैको बारेमा नै कुराहरु गर्नुहुन्थ्यो । अर्केष्टा बनाउने, म्युजीक हल बनाउने गहिरो इच्छा थियो । तर त्यो इच्छा अझैसम्म पुरा भएको छैन । सरकारले त्यति गरिदिए नेपाली संगीत जगतको लागि नै उत्कृष्ट काम हुनेथियो ।
एकेडेमी हुदाँदेखि नै ५० जना अर्केष्टा अट्ने म्युजीक हल बनाउने योजना दिएको छु भनेर भन्नुभएको थियो । न उहाँ नीति निर्माण गर्ने पदमा पुग्नुभयो न म नै छु । मैले उहाँको इच्छा पुरा गर्न सकेँ भने उहाँको लागि सच्चा सम्मान हुने थियो ।
(अम्बर गुरुङ ग्राण्डीमा उपचाररत रहदा उनका छोेरा किशोर गुरुङसँग नेपाल आजको लागि सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)
ambar gurung
kishor gurung