कभर स्टोरी News

हामी मनको प्रदुषण हटाउन गाउने गर्छौंः अम्बर गुरुङ

हामी मनको प्रदुषण हटाउन गाउने गर्छौंः अम्बर गुरुङ
  २०५९ सालमा माओवादी जनयुद्ध उत्कर्षमा थियो । युद्धले देश थिलोथिलो भएको थियो । सबैतिर शान्तिको कामना भइरहेको थियो । सोही मेसोमा अम्बर शान्ति सन्ध्या कार्यक्रममा पलेंटीमा बसे । उनले मर्मस्पर्शी शब्द बोले । कालजयी गीत गाए । सोही कार्यक्रमको दुलर्भ भिडियो नेपाल आजले प्राप्त गरेको छ । अम्बरको ओझपूर्ण बोली सबैको तर्पबाट, मलाई साथ दिने कलाकारको तर्फबाट, आयोजकको तर्फबाट, म यहाँहरुलाई हार्दिक अभिवाद ज्ञापन गर्न चाहन्छु । संगीतको बारेमा धेरै कुरा भन्न सकिन्छ । म एउटा सानो कुरा मात्र भन्न चाहन्छु । संगीत भौतिकताको निम्ती होइन । संगीत आध्यात्मिकताको निम्ती हो । र भावनाको निम्ती हो । हामी मान्छे भएर बाँचिरहेका छौँ, जति जति यन्त्रहरु वढ्दै गइरहेको छ, त्यति नै हामी यन्त्रिक हुन्छौँ । संगीतले चामल ल्याउँदैन, पैसा पनि दिँदैन । त्यो हाम्रो भौतिक अथवा दैनिक आवश्यकता हो । हामीलाई अर्को आवश्यकता पनि छ, त्यो हो मनको आवश्यकता । मानसिक आवश्यकता । आजको यो भागदौडमा हामी यति तनावग्रस्त छौँ । हामी यती प्रतिस्पर्धी भइरहेका छौँ एक अर्कामा । के हामीले मानविय मूल्य, मान्यता र भावनालाई विर्सिदै गइरहेका छौँ ? यो विर्सिएको भावना जो मानवतादेखि हामी विमुख हुँदै जाँदै छौँ त्यसलाई जगाउने प्रयत्नमा संगीतको निकै महत्वपूर्ण भुमिका हुन्छ । जस्तो उदाहरणको निम्ती भनौँ हामी प्रदुषको कुराहरु गर्दछौँ, प्रदुषणले रोग फैल्याउँछ भन्छौँ । तर हामीसँग अर्को प्रदुषण पनि छ । त्यो हो मनको प्रदुषण जसको बारेमा हामी कमै सोच्छौँ । हो त्यसरी नै मनको प्रदुषण हटाउनको निम्ती हामीले यो सानो आयोजना गरेको हो । हामीले गाउँने प्रयत्न गर्छौँ यहाँहरुले ध्यान दिएर सुनिदिनु भयो भने त्यसमा सन्देश पाउनुहुन्छ । यहां हेर्नुहोस् अम्बरको ओझपूर्ण बोली र कालजयी गीत । [embed]https://youtu.be/1YQ4uBW5qIY[/embed] यो भिडियो पत्रकार किर्तिजनार्दन जोशीले उपलब्ध गराएका हुन् । [caption id="attachment_4941" align="aligncenter" width="750"]माओबादी जनयुद्धले देश आक्रान्त पारेको बेला २०५९ सालमा अम्बर गुरुङसंगीत प्रबन्ध समितिले प्रज्ञा भवन काठमाडौँमा आयोजना गरेको देशमा दिगो शान्तीको काामना गर्दै शान्ती संगीत सन्ध्याको कृति जर्नाद्धन जोशीले त्यतीबेला तयार पारेको अम्बर गुरुङ को अमुल्य भिडियो र दुर्लभ बोली ।। पत्रकार किर्तिजनार्दन जोशी / तस्विर : गगन थापा[/caption]

ambar gurung

विशेष