News

संविधान कार्यान्वयनमा सत्ताधारी दलनै लागि नपरेको महामन्त्री कोइरालाको अाराेप

संविधान कार्यान्वयनमा सत्ताधारी दलनै लागि नपरेको महामन्त्री कोइरालाको अाराेप

1222 जेठ, २६ नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी आफ्नो पार्टीको काँधका आएको बताएका छन् । नेपाल तरुण दल खोटाङको चौथो अधिबेसनलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधान कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै यो सरकार झूटो आश्वासन मात्रै बाँडेर जनतालाई झुक्याएको समेत दाबी गरेका छन् ।

यो सरकारले चीन र भारतसँगको सम्बन्धमा खलबल ल्याएका कारण राष्ट्रियता खतरामा पारेको आरोप लगाए । नेपालमा ७० बर्षको संघर्षपछि राम्रो संविधान आएको उल्लेख गर्दै संविधानमा राजनीतिक समावेशिता भएको छ तर आर्थिक समाबेसीकरणको सिद्धान्तलाई नसमेटेको समेत बताए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता बलबहादुर केसी, रामहरी खतिवडाको समेत सहभागिता रहेको थियो ।

Sasanka koirala

विशेष