News

तातोपानी नाका खुल्ने

तातोपानी नाका खुल्ने

0

काठमाडौं, जेठ २६ । महाभूकम्पले भौगोलिक र संरचनागत रूपमा क्षति र्पुयाएपछि बन्द भएको तातोपानी नाका सीएफएस प्रणालीबाट सञ्चालन गर्ने तयारी अघि बढेको छ । चीनबाट सामान आयात हुने यो प्रमुख नाका खुलाउन अनेक विकल्प र प्रयास भए पनि सफल हुन सकेको छैन । अघिल्ला र वर्तमान प्रधानमन्त्रीदेखि अन्य राजनीतिक स्तरमा समेत नाका सञ्चालनमा ल्याउन चीनलाई पटक–पटक आग्रह गरिए पनि नाका खोल्ने विषय अघि बढ्न सकेको थिएन ।

तातोपानी नाका खुलाउन चीनलाई विकल्प दिन बनेको समितिले पूर्ववत् अवस्थामा सम्भव नभए सीएफएस प्रणालीबाट भए पनि नाका सञ्चालन गर्ने सुझाव दिएपछि त्यसको तयारी अघि बढेको हो । समितिले सोमबार परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासलाई बुझाएको प्रतिवेदनलाई चीनले सकारात्मक लिएपछि खुल्ने संकेत देखिएको हो । कान्तिपुर दैनिक

Tatopani Vansar

विशेष