News

युद्धको पूर्वअभ्यासमा विप्लव माओवादी, कालोमोसो, तोडफोडदेखि नेपालबन्दसम्म

युद्धको पूर्वअभ्यासमा विप्लव माओवादी, कालोमोसो, तोडफोडदेखि नेपालबन्दसम्म
राजावादीलाई फकाउने, संसदवादीलाई तर्साउने नीति
Biplav Chand विप्लव नेतृत्वको माओवादीले जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ । विभिन्न जिल्लामा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै माओवादीले नेपाल बन्दको आह्वान गरेको हो । माओवादीले देशैभरी भौतिक कारवाही तीब्र बनाएसंगै उसका कम्तिमा ८ कार्यकर्ता पक्राउ परेका हुन् । अन्य केहीलाईपनि प्रहरीले खोजिगरिरहेको बुझिएको छ । एकातिर भौतिक कारवाही तीब्र पार्ने, अर्कोतर्फ कार्यकर्ता छुटाउन माग गर्दै नेपाल बन्द आयोजना गरेर विप्लव नेतृत्वको माओवादीले युद्धको पृष्ठभूमी तयार गरिरहेको सो पार्टीलाई नजिकबाट नियांलिरहेकाहरुको बुझाइ छ । यसै आशयको अभिव्यक्ति जेठ दोस्रो साता सो पार्टीका युवा नेता दिपक चलाउनेले नेपाल आजसंगको अन्र्तवार्तामा दिएका थिए । उनका अनुसार राज्यको रवैया हेरेर युद्धको घोषणा गरिनेछ, राज्यको शैली यस्तै रहे युद्धको घोषणा हुन धेरै समय बांकी छैन । केही समययताका विप्लव माओवादीका गतिविधि हेर्दा राज्यलाई आक्रामक बनाउने र युद्धको बाध्यकारी अवश्था निम्त्याउने खालको देखिन्छ। जेठ २५ गते धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टराईलाई कालोमोसो दलियो । आर्थिक अनियमिततालगायतका आरोप । जेठ २४ गते विप्लव माओवादीका कार्यकर्ताले सिन्धुपाल्चोकको चौतरामा सेभ द चिल्ड्रेनको गाडीमा आगजनी गरे । सो आइएनजिओले राहत र पूर्ननिर्माणका नाममा ल्याएको अरबौं रुपैया हिनामिना गरेको माओवादीको आरोप छ । जेठ २० गते क्षेत्रिय सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख अमलेशकुमार कर्णलाई कालोमोसो दलियो । उनमाथि विप्लव माओवादीले घुसघोरीलगायतको आरोप लगाएको छ । जेठ १९ गते चितवनको कालिकास्थित चुनढुङ्गा उद्योगको स्काइभेटर र कर्मचारी बस्ने घरमा आगजनी । आगजनीका लागि कम्ब्याट ड्रेससहितको समुह परिचालन । बैशाख २१ गते कार्यकर्ता पक्राउ परेको विरोधमा काठमाडौंका शिक्षणसंस्था बन्द गरियो । बैशाख १५ गते काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो लगाइयो, उनको कार्यालय तोडफोड भयो । उनीमाथि कार्यालयमा यौन शोषण गरेको, जथाभाविव विद्यालय बेच्दै हिडेको तथा कार्यालय बाहिर बढी समय बिताएको आरोप लगाइयो । 13401421_1193814837308108_1848310692_n चितवनको भरतपुर कैलाशनगर स्थित अजयबिक्रम शाहको १० बिगाह जग्गामा भुकम्प पीडितको टहरा हालियो । विप्लव माओवादीले निवेदन नै लिएर भुकम्प पीडितलाई टहरा हाल्न लगाएको हो । यसो गर्दा भुकम्प पीडितको सहानुभुति प्राप्त हुने र राज्य पक्षले निशाना बनाउंदा ठूलो पंक्ति राज्यप्रति असन्तुष्ट हुने विप्लव माओवादीको बुझाइ छ । बैशाख २५ गते मोर्डन इण्डियन स्कुलको गाडी तोडफोड गरियो । विप्लव माओवादीले कानून हातमा लिने गरी गरेका केही घटना हुन् यि । यि र यस्तै घटनामा संलग्न भएका भनिएका राष्ट्रिय युवा जनस्वयंसेवक महासंघका महासचिव बाबुराम किरातीसहित ८ जना पक्राउ परिसकेका छन् । विप्लव माओवादीले यस्ता गतिविधि बढाएसंगै सुरक्षा निकायले सो पार्टीका नेताकार्यकर्तामाथि निगरानी बढाएको छ । विप्लव माओवादी आक्रामक बन्दै जाने र सुरक्षा निकायले जवाफी कारवाही गर्दै जाने स्थिति बढ्ने संकेत देखिएको छ । यसो हुंदा माओवादी भुमिगत हुन बाध्य हुने र युद्धको घोषणा हुने माओवादी निकट नेताहरुको दाबी छ । माओवादी रणनीतिः संसदवादीलाई तर्साउने राजावादीलाई फकाउने biplav karbhai विप्लव माओवादीले देशका असन्तुष्ट पंक्तिलाई आफ्नो पक्षमा तान्ने रणनीति बनाएको छ । अहिलेको परिवेशमा सबैभन्दा बढी असन्तुष्ट पक्ष राजावादी शक्ति हो । विप्लव माओवादी र राजावादीको उद्देश्य फरक भएपनि निशानामा अहिलेको राजनीतिक कोर्स छ । यो विन्दुमा दुबै मिल्ने देखिन्छ । विप्लब माओवादीले सबै देशभक्तहरुको एकतामा जोड दिएको छ । देशभक्तहरुको सूचीमा पूर्वराजा र राजावादीपनि रहेका छन् । विप्लव माओवादीका केन्द्रीय सदस्य एंव पूर्व लडाकु कमाण्डर दिपक चलाउने यो राज्य सत्ताले पहिले राजालाई र अहिले माओवादीलाई धोका दिएको बताउछन् । जेठ दोस्रो साता नेपालआजलाई दिएको खुलस्त अन्र्तवार्तामा उनले १२ बुंदे सहमतिमा राजा फाल्ने सहमति नभएको तर राजा फालिएको बताएका थिए । राजा फर्कने संभावना नरहेको र राजतन्त्र फर्काउने आफूहरुको उद्देश्यपनि नरहेको प्रष्ट गरेका उनले राजावादीहरुसंगको सहकार्यमा भने जोड दिएका थिए । उनले शान्तिप्रक्रिया हुबहु लागू भएको भए राजतन्त्र रहिरहन्थ्यो भन्ने सनसनीपूर्ण र विवाद्स्पत अभिव्यक्तिपनि दिएका थिए । [embed][/embed] चलाउनेले निशानामा संसदवादी दलहरु रहेको प्रष्ट संकेत गरेका थिए । हिजो राजालाई धोका दिएका दलहरुले अहिले प्रचण्ड र बाबुरामहरुसंग मिलेर माओवादीलाई धोका दिएको उनको आरोप थियो । उनले देशमा भ्रष्टाचार मौलाएको र जनताका आधारभुत आवश्यकता पूर्ति गर्नुको साटो झन्झन् महङ्गी बढेको भन्दै आक्रोश व्यक्त गरेका थिए । राज्यसत्ताको दलाल चरित्र नै समस्याको कारक रहेको चलाउनेले अन्र्तवार्तामा भनेका थिए । विप्लव माओवादीमा रहेका सबैभन्दा बरिष्ठ पूर्व लडाकुकमाण्डर चलाउने युद्धको घोषणा भइहालेमा फिल्ड कमाण्डर हुने निश्चितप्राय रहेको बताइन्छ । उनको अन्र्तवार्तापछि राजनीतिकवृत्तमा तरंग आएको थियो । सोसंगै माओवादीले भौतिक कारवाही बढाएपछि माओवादीले युद्धको पूर्वअभ्यास थालेको ठानिएको छ ।
यो पनि पढ्नुहोस: [embed]http://nepalaaja.com/%E0%A4%B8%E0%A4%B6%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%B8%E0%A4%82%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%B7-%E0%A4%A5%E0%A4%BE%E0%A4%B2%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%B5%E0%A4%BF-2/[/embed]

Biplav Maobadi Nepai politics Nepal aaja Nepali Politics War

विशेष