News

प्रचण्डको कार्यक्रम बहिष्कार

प्रचण्डको कार्यक्रम बहिष्कार

cm-520x330 जेठ २६ ।  नेकपा माओवादी केन्द्रले जेठ २८ गते सुर्खेतमा गर्न लागेको प्रदेश स्तरीय कार्यक्रम कालिकोट माओवादीले बहिस्कार गर्ने भएको छ । एकताका नाममा मर्यादा विपरित केन्द्रीय सदस्य चयन गरेकोमा आपत्ति जनाउदै पार्टी एकताको नाममा पार्टीलाई सिध्याउने प्रयत्न भएको भन्दै कार्यक्रम बहिस्कार गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य खेमबहादुर सिंहले जानकारी दिए । उनका अनुसार सुर्खेत कार्यक्रममा जान भेला भएका सवै पार्टी कार्यकर्ता गाउँमा फर्किएका छन् ।

जिल्ला समितिले पार्टी एकतामा गरेर केन्द्रीय सदस्य पहुँच र पावरमा आधारमा चयन गरेको आरोप लगाएको छ । पार्टी एकता गर्दा मर्यादाक्रममा ख्याल नगरिएको, जथाभावी केन्द्रीय सदस्य नियुक्ती गरिएकोले गाउँको राजनीति बिगारेको आरोप कालिकोटका माओवादी कार्यकर्ताको छ । पार्टी एकतापछिको पहिलो प्रदेश स्तरीय कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाललगायतले सम्बोधन गर्ने तयारी भइरहेको छ ।

Prachanda

विशेष