News

प्रधानमन्त्री केपी ओलीनै संविधानको बाधक भएको प्रतिपक्ष नेपाली कांग्रेसको आरोप

प्रधानमन्त्री केपी ओलीनै संविधानको बाधक भएको प्रतिपक्ष नेपाली कांग्रेसको आरोप

Sher काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनलाई बेवास्ता गरेर राज्यको ढुकुटी दुरुपयोग आरोप लगाएका छन् । संखुवासभाका एकै परिवारका तीनजना सगरमाथा आरोहीको सम्मानका क्रममा भएको कार्यक्रमा यस्तो आरोप लगाएका हुन् । संविधान जारी भएको ८ महिना वितिसक्दा पनि प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयनलाई पूरै उपेक्षा गरेको देउवाको आरोप छ । कार्यक्रममा बोल्दै अर्का नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले नै संविधानलाई धरापमा पार्न खोजेको आरोप लगाए ।

Sher Bahadur Deuba

विशेष