उपराष्ट्रपतिको चीन भ्रमण स्विकृत
काठमाडौं जेठ २६ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण स्वीकृत गरेको छ । उपराष्ट्रपतिले जेठ २८ देखि असार २ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ । त्यस्तै आजकै बैठकले दुई सचिवको सुरुवा गरेको छ ।
बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाई मन्त्रालय र सिंचाई मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेको हो । मन्त्रिपरिषद्ले जनआन्दोलनकी घाइते सिन्धु उप्रेतीको उपचारको लागि १६ लाख ५६ हजार दिने निर्णय समेत गरेको छ ।
PM Offce