News

स्व क्षेत्रीको स्मरणमा पत्रकारलाई सम्मान गरिने

स्व क्षेत्रीको स्मरणमा पत्रकारलाई सम्मान गरिने
जेठ – २६,  नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा पत्रकारलाई सम्मान गरिने भएको छ । उनकाे ब्रेन ट्युमरबाट बैशाख १२ गते काठमाडौंको माइतीघरको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  timthumb २ वर्षअघि उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । २०७१ मंसिरको अन्तिम साता ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो । क्षेत्री नेपाल प्रेस युनियनका सचिव समेत थिए । उनी पत्रकारका साथै गीतकार, गायक तथा फिल्मका स्क्रिप्ट राइटरसमेत थिए । नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले ‘सूर्यकुमार क्षेत्री स्मृति पत्रकारिता सम्मान’ स्थापना गरी हरेक वर्ष पत्रकारितामार्फत योगदान पु-याउने व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेको हो ।  

Journalist Death Surya Bahadur Karki

विशेष