News

व्यापारी हत्याकाे विराेधमा ताप्लेजुङ बन्द

व्यापारी हत्याकाे विराेधमा ताप्लेजुङ बन्द
जेठ - २६, फुरुम्बु गाविसमा मंगलबार बिहान मृत फेला परेका व्यापारी लालबहादुर खड्काको शोकमा फुङलिङ बजार बुधबार बन्द गरिएको हो । राति करीब ११ बजे सदरमुकाममा रहेका परिवारसँग टेलिफोन सम्पर्कमा रहेका उनी मंगलबार मृत फेला परेका हुन् । killing खड्काको शोकमा ताप्लेजुङ उद्योग वाणिज्य संघ, नेपाल अलैँची व्यवसायी संघ लगायतका व्यापारिक संघ सस्थाले बुधबार बजार पसल बन्द गरेका हुन् । फुरुम्बु गाविस–१ मा व्यवसाय गर्दै आएका खड्का स्टोर्सका सञ्चालक लालबहादुरको आफ्नै घरमा सोमबार राती हत्या भएको थियो । घरभित्र सुती रहेको अवस्थामा हत्या गरिएको आशंका गरिएका खड्काको बुधबार बिहान पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका निमित्त प्रहरी प्रमुुख इन्सपेक्टर शैलेन्द्रकुमार यादवले जानकारी दिए । पोष्टमार्टम रिर्पोटको प्रारम्भिक नतिजाले अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको देखाएको छ । प्रहरीले खड्काको हत्या भएको आशंकामा अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीका अनुसार उनको घाँटी र शरीरका विभिन्न भागमा छुरा हानेको देखिन्छ । घरको ढोका भित्रबाट चुकुल लगाएको र झ्याल खोलिएको छ । कसैले छुरा प्रहार गरी हत्या गरेर झ्यालबाट भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ । मंगलबार विहान अबेरसम्म पनि खड्का नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा खड्का मृत फेला परेका हुन् । घटनास्थल सदरमुकामबाट करीब पाँच घण्टा पैदल दुरीमा पर्दछ । घटनास्थलमा खड्काका हिसाबकिताब खाता च्यातिएको, कुटपिट गरेर घातक हतियार प्रहार भएको देखिएको भन्दै व्यवसायीले तत्काल अनुसन्धान गरेर सत्य सार्वजनिक गर्न माग गरेका छन् ।

Business man killed

विशेष