News

श्रीपेच बिनाका लोकतान्त्रीक महाराजाहरुले गर्दा जनता सडकमा आएका हुन - थापा

श्रीपेच बिनाका लोकतान्त्रीक महाराजाहरुले गर्दा जनता सडकमा आएका हुन - थापा
जेठ २६ ब्रिटेन र संघिय समाजबादी फोरम नेपालका नेता टेक बहादुर थापाले लोकतान्त्रिक भन्ने हाम्रा शासकहरुमा श्री ५ र श्री ३ महाराज जस्तै बन्ने चाहना भएकै कारण देशमा राजनैतिक स्थायित्व आउन नसकेको र जनता सडकमा अाउन बाध्य भएकाे  बताएका  छन । tek thapa संघिय जनमुक्ति पार्टीको भात्री संगठन जनमुक्ति मंन्च युकेको दोश्रो महाधिबेशनको उद्घाटन समारोहमा बोल्दै थापाले भने गणतन्त्र आएपछि श्री ५ संग जोडिएका सम्पूर्ण नामहरु परिबर्तन भए, शाही शब्द सबै ठाउँबाट हटाइयो तर श्री ३ चन्द्र शम्सेरले १९०८ मा बनाएको सिंह दरबारको नाम किन फेरिएन  ? राणा प्रधान मन्त्रीहरुले शासन संचालन गर्न दिएको सिंह दरबार नामसंग लोकतान्त्रिक शासकहरुको किन एती धेरै मोह ? दरबारमा कि राजा बस्छन कि त महाराज , लोकतान्त्रिक शासकहरुले कुनै पनि नामको दरबारबाट शासन गर्दैनन् । सिंह जंगलको राजा हो र दरबार उसले शासन चलाउने किल्ला हो  केपी ओलिहरु नरभक्षी राजा बन्न खोजेकै कारण उत्पीडित, जाती, क्षेत्र र समुदायले आन्दोलन गर्नु परिरहेको छ  उनको भनाइ थियो । उनले अाफुहरुले गरीरहेकाे अान्दाेलनकाे बिषयमा भने अब सिंह दरबार घेर्ने मात्र होइन त्यसको नाम नै फेर्ने मुद्धा उठाउनु पर्छ र सिंह दरबारको नाम फेरेर संघिय नेपाल गृह  बनाउनु पर्छ । त्यसैगरी बेलायत स्थित बिभिन्न राजनैतिक पार्टीका भात्री संगठनका नेता तथा संघ स‍‌ंस्थाका प्रतिनिधीहरुले महाधिबेशन सफलताको शुभकामना मन्तब्य दिएका थिए । 

maharaja hru loktantrik

विशेष