बाबुरामको नयाँशक्तिमा बिर्यानीको भोज
जेठ -२६, नयाँ शक्ति नेपालकाे पार्टी घाेषणामा देश तथा विदेशबाट नयाँ शक्तिका संस्थापक र अतिथिहरु सहभागी हुने भएका छन् । एक लाख भन्दा बढी पार्टी सदस्यलाई संस्थापक सदस्य बनाएर घोषणा गर्न लागेको नेपालमा यो पहिलो पार्टी हो ।
नयाँ शक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले दिएको जानकारी अनुसार जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हुने पार्टी घोषणामा देश तथा विदेशका नयाँ शक्तिका संस्थापकहरु सहभागी हुनेछन् । देशका ७५ जिल्ला र विदेशका २४ देशमा नयाँ शक्तिको अन्तरिम पार्टी कमिटी छ । घोषणासभामा विदेशका सबै कमिटीबाट सहभागिता रहने प्रवक्ता देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार पार्टी स्थापना तथा घोषणासभामा नयाँ शक्तिले विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाएइको छ । त्यसैगरी देशका सबै राजनीतिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहित सबै मधेसी दललाई निम्ता पठाईसकिएको नयाँ शक्तिले जनाएको छ । पत्रकार, मानवअधिकारवादी, नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि निम्ता गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
रंगशालामा गर्ने कार्यक्रममा सहभागि हुन काठमाडौंका ४ मुख्य ठाउँबाट सहभागीलाई रंगशाला पठाउने व्यवस्था समेत पार्टीले मिलाएको छ । जसअनुसार कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट झाँकी सहितको जुलुस रंगशाला प्रवेश गर्नेछ । राजधानी बाहिरबाट आउने सहभागीले आफैं गाडीको व्यवस्था गरेर आएको खण्डमा ती बसहरु जुलुस सुरु हुने स्थानसम्म जान दिनेगरी ट्राफिक प्रहरीसँग समन्वय भैरहेको पनि पार्टीले जनाएको छ । त्यसका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न नयाँ शक्तिले आफैं सडकमा खटिने युवा स्वयंसेवी तयार पारेको छ ।
प्रवक्ता देवकोटाका अनुसार नयाँ शक्तिको पार्टी घोषणामा मञ्चमा बस्ने व्यवस्था पाँच सय जनालाई मिलाईएको सो पार्टीको व्यवस्थापन विभागले जनाएको छ । तर शुभकामना भने प्रतिनिधिमुलक ढंगले लिइने जनाईएको छ । कार्यक्रमको प्रचार प्रसारको लागि देश तथा विदेशका सञ्चार माध्यममा आवद्ध तीन सयभन्दा बढी सञ्चारकर्मीलाई पासको व्यवस्था मिलाईएको र छिटो समाचार पठाउन आवश्यकलाई ध्यानमा राखेर मिडिया सेण्टर समेत रहने प्रचार–प्रसार उपसमितिले जनाएको छ ।
१५ सय प्रतिनिधिलाई बिर्यानी खुवाउने
नयाँ शक्ति नेपालले पार्टी घोषणा राष्ट्रिय भेलामा सहभागी हुन आउने प्रतिनिधिहरुलाई बिरयानी खुवाउने भएको छ । राष्ट्रिय भेलाको लागि गठित प्रतिनिधि आवास व्यवस्थापन उपसमितिकी संयोजक बलावती शर्माले भनिन्, ‘छलफल सत्रका करिब १ हजार ५ सय प्रतिनिधिलाई नयाँ परिकार बिर्यानी खुवाउने तयारी गरिएको छ ।’ पार्टीको दुई दिने छलफल सभामा सहभागी प्रतिनिधिलाई स्वास्थ्य र ताजा खानासहित उचित आवासको व्यवस्था गरिएको शर्माले स्पष्ट पारिन्।
शर्माले अगाडि भनिन्, ‘खाजा, खानालगायतका सबै परिकारको खाद्य गुणस्तर जाँच गरेर वितरण गर्नेछौं’ । प्रज्ञा प्रतिष्ठानमा हुने छलफल सत्रका विभिन्न खाना व्यवस्थाको लागि दक्ष स्वयम्सेवक समेत खटाइने शर्माले बताइन् ।
‘करीब सात सय प्रतिनिधिलाई ३०, ३१ र ३२ गते तीन दिनको लागि उपत्यकाका विभिन्न क्षेत्रमा स्वच्छ र सफा आवासको व्यवस्था छ,’ उनले भने, ‘आर्थिक मितव्ययिता अवलम्बन गरी उपत्यकामा निजी आवास हुने परिषद् सदस्यहरुले कम्तिामा एक जना प्रतिनिधिको आवासको व्यवस्था गर्नेगरी मिलाइएको छ ।’
पार्टी स्थापना राष्ट्रिय भेला घोषणासभा जेठ ३० गते दशरथ रंगशालामा हुनेछ र नेपाल प्रज्ञा प्रतिष्ठानमा जेठ ३१ र ३२ गते नयाँ शक्ति नेपालको दुई दिनसम्म छलफल सत्र चल्नेछ । घोषणा सभामा पर्यवेक्षक नरहने शर्माले जानकारी दिइन्।
Nayashakti