विदेश

हिलारी बनिन् पहिलाे महिला राष्टपति उम्मेदवार

हिलारी बनिन् पहिलाे महिला राष्टपति उम्मेदवार
विश्वको चासो रहने अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति उम्मेदवार बन्ने पक्का भएको छ । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवार इतिहास रच्न लागेकी छन् । hilary kilntan डेमोक्रटिको तर्फबाट राष्ट्रपतिको दौडमा रहेका रहेका बर्नी सान्ड्रेस बाहिरिएका छन्।डेमोक्रटिक पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवार बन्न चाहिने २३ सय ८३ प्रतिनिधिको समर्थन पाएर हिलारी राष्ट्रपतिको उम्मेदवार बनेकी हुन् । सन् १७८९ बाट अमेरिकामा सुरु भएको राष्ट्रपतिय निर्वाचनमा आवश्यक प्रतिनिधि संख्या पुरा गर्ने हिलारी पहिलो महिला हुन् । हिलारीले अमेरिकी राष्ट्रपतिय निर्वाचनको दुई सय २७ वर्षे इतिहासमा आफ्नो नाम लेखाएकी छन् । हिलारीले यस अघि राष्ट्रपति बराक ओबामाको पहिलो कार्याकालमा विदेश मन्त्रीको जिम्मेवारी बहन गरेकी थिइन् । अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार हिलारीले १८१२ प्लेज्ड डेडिगेट र ५७२ सुपर डेलिगेटको सहयोग पाएकी छन् । यसरी हेर्दा उनको साथमा दुई हजार तीन सय ८४ डेडिगेट्सले साथ दिएका छन् । यो संख्या हिलारीलाई राष्ट्रपति उम्मेदवार बनाउन आवश्यक संख्या भन्दा एक मात्र बढी हो । यो आँकडा सँगै हिलारीले रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रपको सामना गर्ने पक्का भएको छ । हिलारीका श्रीमान बिल क्लिन्टन दुई कार्याकाल अमेरिकी राष्ट्रपति बनिसकेका हुन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा विवादास्पद अभिव्यक्ति दिएर ट्रम चर्चामा छन् ।पछिल्लो एक अनुसन्धानले ट्रप जस्तै हिलारी पनि चर्चित रहेको निष्कर्ष निकालेको छ । एजेन्सी

Hillary Clinton

विशेष