News

अहिलेसम्म सार्वजनिक नभएको अम्बरको भिडियो, हेर्नैपर्ने उनको बोली, सायरी र पियानो बाधन

अहिलेसम्म सार्वजनिक नभएको अम्बरको भिडियो, हेर्नैपर्ने उनको बोली, सायरी र पियानो बाधन
सागर बुढाथोकी  जेठ २६, विलक्षण प्रतिभाका धनी तथा सांगीतिक जगतका चम्किला नक्षेत्र अम्बर गुरुङ आज हामीसंग छैनन् । उनले नेपाली जनता तथा नेपाली गीत संगीतलाई अतुलनीय योगदान दिएर गए । नेपाली सांगीतिक जगतका महान हस्ती गुरुङ विशिष्ट संगीतकार त थिए नै, उनी रचनाकार र गायक पनि थिए । उनको जस्तो विशेषता थोरै व्यक्तिमा मात्र पाइन्छ । अम्बर गुरुङको जीवनको अन्तिम क्षणमा व्यक्त गरेकाे मन्तव्यसहितकाे भिडियो नेपाल आजलाई प्राप्त भएको छ । जनताले राष्ट्र गायक बनाउन चाहे तपार्इकाे इच्छा के हुने छ, भनेर उनकै सहयाेगी रतन चन्दले साेधेका थिए त्यसकाे उत्तर उनले यसरी दिए : गुरुङले  राष्ट्र गायककाे अर्थ यसरी दिए [embed]https://youtu.be/sFswrVdB-AE[/embed] उनका सहयोग रतनका अनुसार गुरुङ अस्वस्थ रहदा पनि संगीत सृजनामा व्यस्त हुन्थे । कहिले पियानो बजाउँथे, त्यस्तै सायरी भन्थे, चुट्कीला सुनाएर हसाउँथे पनि । उनका सहयोगी रतनले भावुक हुँदै गुरुङसँग विताएका क्षण सम्झिए । [embed]https://youtu.be/3gu4GzCESXc[/embed] गुरुङले घरमै बसेर सिर्जना गरेको अधुरो धुन [embed]https://youtu.be/4_-OiKgXQvU[/embed] बिरामी रहदा उनले भनेको सायरी [embed]https://youtu.be/Hnfsvxm5sb0[/embed] श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । गुरुङ बिरामी भएर ग्रान्डी अस्पताल बेडमा लडिरहेका थिए । सिकिस्त हुनुभन्दा अघी उनले जीवनको अन्तीम पटक केही शब्द नेपालीको नाममा बोले । अम्बर गुरुङले जीवनको अन्तीम क्षणमा बोलेका मर्मस्पर्शी शब्द (अडियो): [embed]https://youtu.be/ZtzhO7OToSw[/embed] related-news-sambandhit-samachar

ambar gurung rastra gayak

विशेष