News

किन यस्तो हुन गयो कमरेड ?

किन यस्तो हुन गयो कमरेड ?

काठमाडाैँ २६ जेठ तथ्यले नस्वीकारेपछि आफ्नो एकहोरो जिद्धीले  मात्र नहुँदो रहेछ । नत्र झन्डै एक दर्जन पार्टी मिसिएर बनेको माओबादी केन्द« निकटस्थ कर्मचारीहरुको चुनावमा त्यस्तो शर्मनाक हार नहुनु पर्ने हो ।  

हून पनि पटक पटक सरकारमा रहेको, हाल पनि निर्णायक मन्त्रालयहरुमा पकड जमाएर बसेको माओबादीले आपूर्ति मन्त्रालय ( कुल ५८ मतमध्ये १९ मत पाएर प्रथम स्थान ) र महिला आयोग ( २३ मत खसेका मध्ये १२ मत ) बाहेक अन्यत्र आफ्नो अस्तित्व नै देखाउन सकेन । अरु त अरु रुकुम रोल्पा जस्ता जनयुद्बाट अत्याधिक प्रभावित जिल्लामा समेत काँग्रेसनिकट कर्मचारीहरुको बाहूल्यता देखियो । हालका बतिसवटा मन्त्रालय र विभाग मध्ये ७ वटामा कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले अग्रता देखायो भने बाँकि २३ वटामा एमालेकिट निजामती कर्मचारी संगठनको पकड रहेको देखियो । लोकसेवा, अख्तियार अनुसन्धान आयोगबाहेक अन्य आयोगमा पनि एमालेकै हावी रहेको पाइयो ।

जिल्लागत रुपमा हेर्दा पनि काठमाडौं उपत्यका ( जिल्ला निर्वाचन अधिकृत को कार्यालय, बबरमहल , सरकारी वकिल कार्यालयमा खसेको मत २३१७ मध्ये १०३५ ,भक्तपुरमा २८९ , ललितपुरमा ५२८ ) का ३ वटै जिल्लामा एमाले नै अगाडी रहेको भेटिएको छ । दोस्रोमा भने सबैतिर नेपाली काँग्रेसका कर्मचारी लगभग बराबरीकै संख्यामा रहेछन् । तर चुनाव भने एमालेले नै जितेको बढी छ । महाकालीको बैतडीमा मात्रै एमालेको जितेको छ ।

जबकि कञ्चनपुर ,डडेल्धुरा र दार्चुलामा भने कांग्रेससमर्थक कर्मचारीकै पकड पाइयो । उता मेची अञ्चलका ४ वटै जिल्लामा एमाले कर्मचारीले झन्डा गाडे । कोशी अञ्चल पनि एमालेकै पोल्टामा गएको छ । देशभरका ७५ वटै जिल्लामा माओबादी कर्मचारी सोत्तर भए पनि मधेसी कर्मचारीहरुको भने अनौठो एकता देखियो ( सिराहा , सप्तरी , महोत्तरी , रौतहटसहित ७ जिल्ला ) । पार्टीहरु जतिसुकै टुक्रामा बाँडिए पनि मधेसी कर्मचारीहरु जताततै छरिएर रहेका र आफ्नो क्षेत्रीयता , जातीयप्रति पूर्ण रुपमा एकढिक्का भएर बसेका रहेछन् ।जनअास्थामा समाचार छ

kamred kina yasto vayo

विशेष