News

आइएमई काउण्टरबाट ५ लाख लुट्ने दुई जना पक्राउ

आइएमई काउण्टरबाट ५ लाख लुट्ने दुई जना पक्राउ
काठमाडौंको बल्खुस्थित आइएमई काउण्टरबाट झण्डै ५ लाख रुपैयाँ लुट्ने दुई जना लुटेरालाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ ।  jail पक्राउ पर्नेमा धादिङ धुवाकोटका विशाल घले र उदयपुर तपेश्वरका दीपेश खतिवडा रहेका छन् । उनीहरुको सहयोगीका रुपमा रहेका नवलपरासी गैंडाकोटका रमन आलेमगर र उदयपुर तपेश्वरकै निकेश खतिवडालाई पनि प्रहरीले पक्राउ गरेको छ । शंका लागि खानतलासी गर्दा अभियुक्त रमन आलेकगरको साथबाट नाइट्रोभेट, नाइट्रसन, प्रोक्सिभन जस्ता लागू औषध पनि फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई जबरजस्ती चोरी, लुटपाट तथा लागू औषध सम्बन्धी कानुन अनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक हेमकुमार थापाले जानकारी दिए। उनीहरुले जेठ १२ गते आइएमई काउण्टरबाट ५ लाख रुपैयां लुटेर भागेका थिए ।

nepali police

विशेष