News

लिंग कसरी उत्तेजित हुन्छ ?

लिंग कसरी उत्तेजित हुन्छ ?
Female hands gripping man's back, close up यौन उत्तेजना हुने किसिमको सन्देश प्राप्त भए स्नायुप्रणालीका नसाहरूबाट रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छ । त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा हुन्छ र यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार यौन उत्तेजक  फरक हुन सक्छ। उत्तेजना वढेपछि रगत धमनीहरूबाट रगत लिङ्गमा रहेकाे विशेष तन्तुमा जम्मा हुन थाल्छ । लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ । यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौ। लिंग किन दह्रो नभएको होला ? लिङ्ग उत्तेजित हुन नसक्ने थुप्रै कारण हुन सक्छन्। हस्तमैथुन वा स्वप्नदोषका बेला लिङ्ग राम्रोसँग उत्तेजित हुने गरेको हुनाले लिङ्ग उत्तेजनाको सन्दर्भमा शारीरीक पक्ष ठीक नै देखिन्छ। मानसिक पक्ष महत्वपूर्ण हुनसक्छ। तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या अझ चर्को हुनसक्छ। समाधानका लागि के गर्नुपर्ला ? लामो समयको विवाहित जीवनपछि हामीले युवा अवस्थाको जस्तै अपेक्षा गर्नु मनासिब हुँदैन। त्यसमा पर्याप्त पाक्क्रीडाले सहयोग नै गर्छ। सामान्य रूपमा भन्नुपर्दा, योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौन उत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमका क्रियाकलापलाई नै प्राक्क्रीडा भनिन्छ। चुम्बन, शरीर तथा यौनअंग सुमसुम्याउने वा चलाउने जस्ता क्रियाकलाप गरेर एक-अर्काको यौन उत्तेजना बढाउन सकिन्छ। गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छन्। त्यसैगरी विभिन्न अंगको मालिस पनि महत्वपूर्ण क्रियाकलाप हुन सक्छ। मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग वा सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर पनि एक-अर्काको शरीर मालिस गर्न सकिन्छ। त्यसैगरी शरीरलाई सुमसुम्याउनु अर्को महत्वपूर्ण यौन क्रियाकलाप हो। हल्का रूपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भाग छुनु वा सुमसुम्याउनु यौन उत्तेजक हुन्छ। प्वाँख वा यस्तै कोमल वस्तुको प्रयोग सकारात्मक साबित हुन सक्छ। यसो गर्दा आफ्नो यौन साथीको कुन-कुन भाग संवेदनशील छ वा उनी कुन-कुन अंग छोइएको मन पराउँछिन् भन्ने कुरा थाहा पाउन मद्दत मिल्छ। कसैले हल्का रूपमा छोइएको मन पराउँछन् भने कसैले कडा किसिमले छोएको मन पराउँछन्। साप्ताहिक

sex sex problem

विशेष