News

विवादमा प्रधानन्ययाधिश शान्ता दिक्षित र सुशीला कार्की हाडनाताको सम्बन्ध

विवादमा प्रधानन्ययाधिश शान्ता दिक्षित र सुशीला कार्की हाडनाताको सम्बन्ध

Karki काठमाडाै‌ जेठ २७ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरित मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ । कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध छ । कार्की फुपू र शान्ता भदैनी हुन् । शान्ताले दायर गरेको बन्दी प्रत्यशीकरणको रिटमा कार्कीले सुनुवाइ गरेकी थिइन् । सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो । स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तती हुन् ।

अर्जुनका तीन छोरा थिए नरवीर, चन्द्रवीर र तिलविक्रम बस्नेत । सुशीला तिलविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन् । यो नाताले उनीहरु फूपु भदै पर्छन् । शान्ताको ललितपुर निवासी कनकमणि दीक्षितसँग प्रेम विवाह भएको थियो । भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले दीक्षितलार्ए पक्राउ गरेपछि उनकी पत्नी शान्ताले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। १५ वैशाख २०७३ मा दायर सो मुद्दाको कामु प्रधानन्यायाधीश कार्कीले सुनुवाइ गरेकी थिइन् ।

नयां पत्रिका

Pradhan Nyayadish Sushila Karki

विशेष