विप्लब माओवादीको बन्दका कारण उपत्यकाको जनजिवन प्रभावित

काठमाडौं, जेठ २७ विप्लब माओवादीको बन्दका कारण उपत्यकाको जनजिवन प्रभावित भएको छ । बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ । कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसंग बार्गेनिङ गरेको र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरीले जनाएको छ ।
आगो लाग्न थालेपछि चालक भागेका थिए । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ । चालक मकवानपुरका २४ वर्षका सुवास परियार सुरक्षित रहेको प्रहरीको भनाइ छ । बन्दका कारण भाडाका गाडी कम चलेका छन् । तर निजी गाडी भने नियमित रुपमानै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।
Banda