News

उच्च माध्यमिक शिक्षा परिषद् खारेज गर्ने सरकारको तयारी

उच्च माध्यमिक शिक्षा परिषद् खारेज गर्ने सरकारको तयारी

HSEB काठमाडौ, २७ जेठ । शिक्षा आठौं संशोधन ऐन संसद्बाट पारित भएसंगै शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई दिने सुविधासम्बन्धी विधि तयार गर्ने काम सुरु गरेको छ । गत शनिबार संसद्ले पारित गरेको तर प्रमाणीकरण भइनसकेको ऐनमा अस्थायी शिक्षकलाई सुविधासहित बिदा गर्ने प्रावधान छ । ऐनले कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा गर्ने व्यवस्था गरेको छ ।

कक्षा १० को वार्षिक परीक्षा प्रदेश तहमा सञ्चालन गर्न थुप्रै पूर्वाधार तयार गर्नुपर्ने बताउंदै शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले ऐन प्रमाणीकरण भएकै दिन उच्च माध्यमिक शिक्षा परिषद् स्वतः खारेज हुने र लगत्तै राष्ट्रिय परीक्षा बोर्ड गठन गरी त्यसलाई कक्षा ८, १० र १२ को वार्षिक परीक्षाको व्यवस्थापनको जिम्मा दिइने जानकारी दिए । कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्न कुन निकायलाई जिम्मा दिने भन्ने पनि स्पष्ट गर्न बांकी रहेको जानकारी दिंदै पाठ्यक्रम र पाठ्यपुस्तक हालकै पाठ्यक्रम विकास केन्द्रलाई तयार गर्न जिम्मा दिन पनि सकिने बताए ।

HSEB Nepal

विशेष