सिरियाको अस्पतालमा आक्रमण १५ जनाको मृत्यु

जेठ २७ । सिरियाको अलेप्पोमा भएको हवाइ आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ । अलेप्पोमा विद्रोहीको पकड क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरिएको हो । सार जिल्लास्थित बायन अस्पताललाई केन्द्रीत गरी गरिएको हवाइ आक्रमणमा मात्र १० जना बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर राइट्सले जनाएको छ । तर, उद्धारकर्मीले भने हवाइ आक्रमणमा मारिएका २३ जनाको शव फेला परेको बताएका छन् ।
सरकारी फौजले आक्रमण गरेको आशंका गरिएपनि आधिकारिक पुष्टि भने गरिएको छैन । सिरियामा ५ वर्षदेखिको गृहयुद्दमा हालसम्म २ लाख ७० हजारको मृत्यु भइसकेको छ भने १ करोड १० लाख मानिस विस्थापित भइसकेका छन् ।
Siriya